मंगलबार, वैशाख ४
१०:५०

नेफ्स्कून फिल्ड व्यवस्थापन उप–समिति नेपालगंजको बैठक सम्पन्न

बिहीबार, पुस ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपालगंज, बाँके । नेफ्स्कून नेपालगंज फिल्ड व्यवस्थापन उप समितिको बैठक पुस ८ गते बुधबार नेपालगंजमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता संघका महासचिव तथा फिल्ड व्यवस्थापन उप समिति नेपालगंजका संयोजक दामोदर अधिकारीले गर्नुभएको थियो । बैठकमा उप समितिका सदस्यहरु लगायत सहकारीकर्मीहरुको समेत उपस्थिति थियो ।

बैठकमा फिल्ड कार्यालय नेपालगंजको अवस्था, अहिलेसम्मको कार्यप्रगति समीक्षा, आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमहरु तथा समसामयिक विषयहरुमा छलफल भएको थियो । संघको फिल्ड कार्यालय नेपालगंजको अवस्था, चालु आर्थिक वर्षको लक्ष्य, हाल सम्मको उपलब्धि तथा कार्य योजनाका सम्बन्धमा फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीले प्रस्तुति गर्नुभएको थियो । संघले सञ्चालन गर्ने विविध क्रियाकलापमा समेत छलफल गर्दै ब्यवस्थापन उप समितिलाई जिम्मेवारी समेत तोक्ने निर्णय सहित बैठक सम्पन्न भएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र