बिहीबार, वैशाख १३
१२:१४

नेफ्स्कून र जिल्ला बचत संघ बाँके बीच साझेदारी सम्झौता

बिहीबार, पुस ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नेपालगंज । नेफ्स्कून र बाँके जिल्ला बचत संघबीच साझेदारी कार्यक्रममा सम्झौता भएको छ । हिजो सम्पन्न नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी र जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीले हस्ताक्षर गर्नुभएको थियो । केही समय अघि जिल्ला बचत संघ रौतहटसँग पनि जिल्ला संघ साझेदारी सम्झौता भएको थियो ।

हिजोको कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साझेदारीमार्फत बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आबद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले अभियान सुदृढीकरण तथा सञ्जाल क्षमता विकास गरी सहकारी ऐन तथा नियमावली बमोजिम नेफ्स्कून र जिल्ला बचत संघबीच व्यावसायिक एकरुपताका साथै स्थानीय जिल्ला संघहरुलाई उत्तरदायी बनाउँदै सुशासन स्थापना गर्न साझेदारी कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । उक्त कार्यक्रममा नेफ्स्कूनका ब्यवस्थापन उप–समिति सदस्यहरु बचत संघका पदाधिकारीहरु सहित नेफ्स्कून नेपालगंजका फिल्ड कार्यालय इन्चार्ज यम बहादुर डाँगीको उपस्थिति थियो ।  
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र