शनिबार, वैशाख ८
०७:२७

अमेरिकी कृषक सहकारी सम्मेलन यो वर्ष भर्चुअल सम्पन्न

मंगलबार, पुस ७
एजेन्सी
saccosaawaj

एजेन्सी । अमेरिकामा प्रत्येक वर्ष आयोजना हुने कृषक सहकारी सम्मेलन यस वर्ष भर्चुअल आयोजना गरिएको छ । कोभिड महामारीका कारण उक्त सम्मेलन यो वर्ष पहिलो पटक अभौतिक आयोजना गरिएको थियो ।अमेरिकाभरका १ सय ७० कृषक सहकारी अभियन्ता तथा कर्मीहरु एवम् त्यस क्षेत्रमा अभिरुचि राख्ने व्यक्तिहरु सहभागी सम्मेलनमा कोभिड १९ ले पारेको प्रभावका बारेमा छलफल भएको थियो । सम्मेलनमा सहभागीहरुले हालसम्मको असर केलाउनुका साथै भावी रणनीतिका बारेमा छलफल गरेका छन् ।

अमेरिकामा हालै सम्पन्न निर्वाचन र त्यसले गरेको नेतृत्व परिवर्तनले कृषि सहकारीका क्षेत्रमा पुर्याउने असरका सम्बन्धमा पनि सहभागीहरु छलफलमा जुटेका हुन् । सम्मेलनमा युवा सहकारीकर्मीहरुले कृषिमार्फत अर्थतन्त्रको विकासमा पुर्याउन सकिने योगदानका साथै यात्रिकीकरण, नवीनतम सोच, सहकारी मैत्री सेवा प्रवाह तथा बजारिकरण आदिका बारेमा चर्चा भएको जनाइएको छ । कार्यक्रममा कृषि सहकारीको सम्भावना र चुनौतीहरुका सम्बन्धमा विभिन्न सोधमुलक कार्यपत्रहरु पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा अमेरिकाका ८ विश्व विद्यालयका २६ विद्यार्थीहरुलाई कृषि सहकारीका जल्दाबल्दा विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यले निःशुल्क सहभागी गराइएको थियो । नोभेम्बर अन्त्यमा आयोजना गरिएको उक्त सम्मेलनका सहभागीहरुले २४ औं कृषक सहकारी सम्मेलन भौतिक रुपमै आयोजना गर्न सकिने अपेक्षा समेत गर्नुभएको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।