शनिबार, वैशाख ८
११:४७

सर्भिटाइजेशन र डिजिटाइजेशन सदस्यको जीवनपद्धति बन्नुपर्छ: अध्यक्ष पौड्याल

मंगलबार, पुस ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष परितोष पौड्यालले सर्भिटाइजेशन र डिजिटाइजेशन अब सहकारी क्षेत्रको कार्यदिशा भएकाले यी आम सदस्यको जीवनपद्धति बन्नुपर्नेतर्फ सबै सहकारीहरुको ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । यस अभियानको नेतृत्व बचत तथा ऋण सहकारीहरुको अभिभावक निकायको रुपमा नेफ्स्कूनले लिने र गैडाकोट स्वाभिमान जस्तो ब्रान्डेड संस्थाले अग्रणी भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । गैंडाकोट नगरपालिका २ स्थित गैंडाकोट स्वाभिमान साकोसको २८औ वार्षिक साधारण सभाको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष पौड्यालले सहकारी अभियानको अबको कार्यदिशा डिजिटाईजेशन र सर्भिटाइजेशनलाई सदस्यहरुको जीवनपद्धतिमा रुपान्तरण गर्नु पर्ने तर्फ केन्द्रीत हुनुपर्ने र नेफ्स्कूनले पनि सर्भिस विथ सफ्टवेयर को माध्यमबाट डिजिटाइजेशनलाई प्रबर्धन गर्न अग्रसर भएको जानकारी उहाँले गराउनु भएको थियो । उहाँले बित्तिय साक्षरता, वित्तिय प्राबिधिक साक्षरता जस्ता कुरामा संस्थाले तर्जुमा गरेको निति तथा कार्यक्रमहरु पूर्णरुपमा कार्यान्वयमा सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्दै सदस्यहरुमा उद्यमशिलताको विकास गर्दै प्यासिभ इन्कमको श्रृङखला तयार गर्न सहकारी अभियानमा आवद्ध साकोसहरुले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

हिजो संस्थाको सभा हलमा आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष  देवराज पौडेलको  गर्नुभएको थियो । कोभिड १९ महामारीको समयमा वित्तिय सहजिकरणमा अग्रमोर्चामा रहेर सदस्य सेवामा उत्कृष्टता देखाएको मा गैंडाकोट स्वाभिमान साकोसलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै अध्यक्ष पौड्यालले कोभिड महामारीको कारण साकोसमा पर्न सक्ने जोखिमहरुको न्यूनिकरणको लागि नेफ्स्कूनले नेतृत्वदायी सहजीकरण गरिहेको जानकारी गराउदै जोखिमका सम्भावित चरणहरुको पहिचान गरि उपयूक्त रणनीतिहरुको अवलम्बन गरेको हूँदा संघमा आबद्ध संस्थाहरु विशेष गरि गैडाकोट स्वाभिमान साकोस जस्ता ब्राण्डेड साकोसहरु कोभिड १९को जोखिम बाट सुरक्षित रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

विशिष्ठ अतिथि  गैंडाकोट नगरकार्यपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले गैंडाकोट नगरपालिकाको नियामक सिमा भित्र रु १ अर्व २७ करोडको कूल पुजि परिचालन गरेको ठूलो र व्यवस्थित सहकारी संस्थाको रुपमा गैडाकोट स्वाभिमान साकोस रहनु नगरपालिकाको लागि पनि गौरव भएको कुरा ब्यक्त गर्दै नगरपालिकाको कृषि क्षेत्रको विकास, यहाँका वासिन्दाहरुको जिवन स्तरका सुधारको लागि उद्यमशिलताको विकास गर्ने लगायतका धेरै सम्भाब्य क्षेत्रहरुमा गैंडाकोट स्वाभिमान साकोस र नगरपालिकाले सहकार्य गर्न सकिने देखिएको र यसमा नगरपालिका सदैव तयार रहेको कुरामा प्रतिवद्धता जनाउनु भएको थियो ।

संस्थाका सचिव विष्णु पौडेलले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री पोषणराज सुबेदीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रमुख अतिथिबाट पानसमा बत्ति बालेर र बचतको प्रतिक स्वरुप खुत्रुकेमा पैसा राखेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसै गरि संस्थाका पूर्व अध्यक्षहरुबाट बचत ऋण सहकारी सञ्चालनका  १० सिद्धान्तहरु प्रति प्रतिबद्धता जाहेर गर्दै १० वटा दियोहरु प्रज्वलन गरिएकोे थियो ।

यसै बिच गैंडाकोट स्वाभिमान साकोस र गैंडाकोट नगरपालिका वडा नं ११ मा रहेको नवलकृषि सहकारी संस्था लिं विच एकिकरण भई गैंडाकोट स्वाभिमान साकोसको नामबाट एकिकृत सेवा संचालन गर्ने औपचारिक घोषणा समेत गरिएको थियो । उक्त दुवै संस्थाहरु २०७७ श्रावण १२ गते बिधिवत एकिकरण भई एकिकरणको स्विकृती समेत प्राप्त भई सकेको जानकारी गराईएको थियो ।

कोभिड १९ को जोखिम कायमै रहेको अवस्थामा संस्थाले तर्जुमा गरेको महामारीमा साधारण सभा संचालन कार्यबिधि २०७७ बमोजिम पौष ६ गते देखि पौष १२ गते सम्म संचालन हुने कार्यक्रमको शुभारम्भ कार्यक्रम संस्थाका सचिव विष्णु पौडेलले संचालन गर्नुभएको थियो । संस्थाको यस २८ औ साधारण सभामा पेश गर्ने प्रस्तावहरुको बारेमा अध्यक्ष  देवराज पौडेलले जानकारी गराउनु भएको थियो भने संस्थाका सचिव विष्णु पौडेलले आ.ब.२०७६/७७ को लागि ६४ बुँदे प्रस्तावित नीति तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो । त्यसै गरि कोषाध्यक्ष शान्ति सापकोटाले आ.ब.२०७६/७७ मा रु १,१३,२४,१७,२२० भएको वासलात र रु.४,०१,१५,२०५ मुनाफा आर्जन गर्न सफल भएको आय ब्यय बिबरण एवं आ.ब.२०७७/७८ मा १ अर्व ३५ करोडको पुर्याउने लक्ष सहितको प्रस्तावित वासलात र ५ करोड १ लाख मुनाफा गर्ने प्रस्तावित आय व्यय प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसै गरि लेखा तथा सुपरिबेक्षण समिति संयोजक एवं संस्थापक अध्यक्ष गोबिन्द सुबेदीले आ.ब.२०७६/७७ को आन्तरिक लेखापरिक्षण प्रतिवेदन पेश गर्नुभएको थियो ।

संस्थाका संचालक समिति,पूर्वअध्यक्षहरु, लेखा तथा सुपरिबेक्षण समिति,सल्लाहकार, शिक्षा उप समिति, ऋण उप समिति, निर्वाचन उप समिति का पदाधिकारी एवं सदस्यहरुको सहभागितामा साधारण सभाको शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो भने बिजय एफ् एम् १०१.६ एवं संस्थाको फेसबुक पेज बाटसमेत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

पौष ६ गते देखि पौष १० गते सम्म सदस्यहरुले आफुलाई पायक पर्ने सेवाकेन्द्र कार्यालयहरुमा सहभागि भई उपस्थिती जनाउने र लिखित राय सल्लाह सुझाव तथा अभिमत पेश गर्ने व्यवस्था मिलाईएको छ भने पौष १२ गते साधारण सभाको निर्णय प्रमाणिकरण तथा घोषणा गरिने कार्यक्रम तय गरिएको छ । कार्यालयमा सहभागि हुन नसक्ने सदस्यहरुको लागि संस्थाको आधिकारीक म्यासेन्जर मा अनुरोध भए बमोजिम प्रतिबेदन उपलब्ध गराइने तथा अनलाइन फारमको लिंक उपलब्ध गराई सदस्यको अभिमत संकलन गर्ने व्यवस्था मिलाईएको छ ।

गैंडाकोट  नगरपालिका कार्यक्षेत्र रहेको संस्थाको कुल सदस्य संख्या ९६७०, कुल सम्पती १ अर्व २७ करोड  ४ सेवा केन्द्र  सहित ५ कार्यालय रहेको छ भने  संस्था साकोस सेवाको गुणस्तर सुनिश्चीत गराउने अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्तगर्न समेत सफल भएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र