बिहीबार, वैशाख ६
११:४४

‘नवीन सोच, सहकार्य र प्रविधिमैत्री सेवाका माध्यमबाट कोभिडको असर न्यूनीकरण गर्न सकिने’

बुधबार, पुस १
साकोसआवाज प्रतिनिधि
saccosaawaj


विश्वभरका बचत तथा ऋण सहकारीहरुले कोभिड महामारीको असर न्यूनीकरणका लागि सहकार्यको भावना अनुरुप लचिलो तर नवीन उपाय र प्रविधिकरणमा विशेष जोड दिनुपर्नेमा आवश्यकतामा विज्ञहरुले जोड दिनुभएको छ । विश्व ऋण परिषद् (ओकू) अन्तर्गतको कोभिड रेस्पन्स कमिटी, एसियाली ऋण महासंघस (आकू) तथा कोरियाली ऋण संघ (नाकूफोक) ले संयुक्त रुपमा आज आयोजना गरेको अभौतिक एशियाली वित्तीय गोष्ठीका वक्ताहरुले अन्य मुलुकहरुको तुलनामा एसियामा आर्थिक संकटको मात्रा न्यून भएपनि यस क्षेत्रका बचत तथा ऋण सहकारीहरुले पनि विभिन्न प्रकारका वित्तीय समस्याहरु सामना गर्नुपरेको भन्दै विषयविज्ञहरुले समयानुकुल अभियानकर्मीहरुबीच सहकार्य, एकताका साथमा नवीनतम प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिनुपर्ने औंल्याउनुभएको छ ।

कार्यक्रममा आकूकी प्रमुख कार्यकारी अधिकृत लेनी, अर्थशास्त्री कामियार मोहद्देश तथा प्रोजित च्याटर्जीले प्रस्तुतिसँगै सहभागीहरुको प्रश्नको जवाफ दिनुभएको थियो । वक्ताहरुले कोभिडका कारण समय चुनौतीपूर्ण भएपनि यो सँगै जुधेँर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँहरुले यो समयमा अरु सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्ने, सदस्यहरुलाई बढी सुविधा प्रदान गर्नुपर्ने, नीतिगत तथा कानुनी सहजताका लागि पहल गर्नुपर्ने जस्ता उपायहरु राख्नुभएको थियो ।

अर्थविद्हरुले एशियाली मुलुकहरुमध्ये चीन, भारत, इन्डोनेशिया जस्ता मुलुकहरुले विपत्तिको सामनाका लागि दरिलो शक्ति विकास गरेको र उनीहरु सबल अर्थतन्त्रको रुपमा विकसित हुँदै गएको तथ्य राख्नुभएको थियो । कोभिडको असर न्यूनीकरणको यही नै उपाय हो भन्ने ठोकुवा गर्ने वा सुत्रबद्ध जवाफ नभएपनि थप सहकार्य, प्रविधिमैत्री सेवा र समय अनुसार नयाँ व्यावसायिक योजनाहरु अघि सार्नुको विकल्प नभएको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा आकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले बढ्दो नेपाल लगायतका मुलुकको अहिलेको चुनौती भएको स्वीकार्दै त्यसको लागि नयाँ व्यावसायिक योजनाहरु अघि सार्ने, सदस्यहरुलाई आर्थिक गतिविधि सुचारु गर्न प्रेरित गर्ने, धेरै भन्दा धेरै छलफल र बैठकहरु गर्ने, सहकार्यलाई प्राथमिकतामा राख्ने र बचत तथा ऋण सहकारीकर्मीहरुले धेरै भन्दा धेरै खट्नुपर्ने धारणा राख्नुभयो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।