शुक्रबार, चैत्र १६
०९:०७

उद्यमी बन्न “सहकारी हाम्रो सारथी” ः तुलसा ज्ञवाली

मंगलबार, मंसीर १६
राधा पौडेल
saccosaawaj

कौसी खेती र प्रारङ्गारिक मल उत्पादनमा अनुभवी उद्यमी ज्ञवाली एक कुशल प्रशिक्षक पनि हुनुहुन्छ । परिश्रम र अनुभव सँगै उच्चशिक्षा हासिँल गर्नुभएको छ । स्नातक तह उत्तीर्ण ज्ञवालीको प्रशिक्षणबाटै आज विभिन्न जिल्लाका सयौं महिला दिदीबहिनी तथा दाजुभाईहरु उद्यमी बन्नुभएको छ ।  २०६२ साल देखिनै उहाँ तालिम प्रशिक्षकको रुपमा टोल, समाज, विभिन्न जिल्ला र कार्यक्रमहरुमा तालिम प्रदान गर्दै आउनुभएको छ ।

उद्यमी बनौं, आर्थिक पाटोलाई सहकारी मार्फत ऋण लिएर गर्न सकिन्छ । यो भनाई उद्यमी तुलसा ज्ञवालीको हो । उहाँले घर भान्साबाट निस्कने फोहरबाट प्राङ्गारिक मल बनाएर कौसी खेतीमा नमुना घर बनाउनुभएको छ । भरतपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन र कौसी खेतीका लागि ज्ञवालीको घरलाई नमुना घर घोषणा गर्यो । उहाँले आफ्नो घर मात्रै हैन टोल र छिमेकी टोलका ९० घरका गृहिणीहरुलाई कौसी खेती गर्न प्रोत्साहन गर्नुभयो । 

फोहरलाई मोहोर बनाउने ज्ञवालीको अभियानको शुरुवात २०५९ सालदेखि नै शुरु भएको थियो । रंगको बट्टामा भान्साबाट निस्केको फोहोरलाई प्राङ्गारिक मल बनाउन सिकेँ र  त्यही बट्टामा फुल रोप्न शुरु गरेँ, उहाँ भन्नुहुन्छ, २ सय गड्यौंलालाई ४०० रुपैंयामा काठमाडौंबाट किनेर ल्याएँ । घरमै कम्पोष्ट मल तयार गरें । त्यही मलबाट फुल र तरकारी उमार्दै गएँ । घरबाट निस्केको फोहरमैलाको राम्रो व्यवस्थापन देखेपछि भरतपुर महानगरपालिकाले विभिन्न तालिम र अनुभव आदान प्रदानका लागि मलाई आव्हान गर्यो । 

कौसी खेती र प्रारङ्गारिक मल उत्पादनमा अनुभवी उद्यमी ज्ञवाली एक कुशल प्रशिक्षक पनि हुनुहुन्छ । परिश्रम र अनुभव सँगै उच्चशिक्षा हासिँल गर्नुभएको छ । स्नातक तह उत्तीर्ण ज्ञवालीको प्रशिक्षणबाटै आज विभिन्न जिल्लाका सयौं महिला दिदीबहिनी तथा दाजुभाईहरु उद्यमी बन्नुभएको छ ।  २०६२ साल देखिनै उहाँ तालिम प्रशिक्षकको रुपमा टोल, समाज, विभिन्न जिल्ला र कार्यक्रमहरुमा तालिम प्रदान गर्दै आउनुभएको छ । उहाँले कौसी खेती तथा करेसाबारी सम्बन्धी तालिम, फोहरमैला व्यवस्थापन  तालिम (यसमा सड्ने फोहरबाट मल बनाउने तरिका, नसड्ने फोहोर प्लाष्टिकबाट विभिन्न सजावटका सामग्रीहरु बढाउने तालिम), घरेलु  फोहोरबाट गड्यौंलापालन सम्बन्धी तालिम प्रदान गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यो सबैलाई आवश्यक पर्ने विषय हो, शहर बजारमा फोहोर व्यवस्थापनको समस्या सबैलाई छ, त्यसैले सुने जानेको आधारमा घरको फोहोर व्यवस्थापन घरमै गर्न सकिने भएकोले पनि यसप्रति धेरैको चासो रहेको मैले पाएको छु ।”  विशेषगरी मैले महिला दिदीबहिनीहरुलाई प्रशिक्षणको क्रममा भन्ने गर्छु, हामी घरमै बसी बसी उद्यमी बन्न सक्छौं, घर टोलको फोहरबाट सामूहिक रुपमा कम्पोष्ट मल बनाई विक्रि गर्न सक्छौं, नर्सरी, फुलहरुको वेर्ना तयार गरी विक्रि गर्न सक्छौं, व्यक्तिगत वा समुहगत रुपमा तरकारी खेती गर्न सक्छौं ।  

शहर बजारमा बस्ती बाक्लो छ । फोहर व्यवस्थापन र करेसाबारीका लागि जमिन शून्य छ । तर पनि तुलसा ज्ञवाली तपाई हामीलाई घरबाट उत्पादित फोहरको समुचित व्यवस्थापन गर्न र घरकै खाली कौसी, छतमा करेसाबारी निर्माण गर्न  सहज उपाय सुझाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “करेसाबारीका लागि जग्गा नभएर केहि चिन्ता लिनुपर्दैन । हामीले हाम्रै भान्साबाट निस्कने फोहरलाई पुरानो बाल्टी, बोराहरुमा कुवाएर घरकै खाली कौसी र छतमा गमला, प्लास्टीक व्याग, बोरामा तरकारी तथा फलफुल रोप्न सक्छौं ।” यसको दुईपक्षिय उपयोगिता छ, एक त तपाईको भान्साबाट निस्कने कुहिने फोहोरहरुको सहज व्यवस्थापन हुन्छ भने अर्को त तपाई आफ्नै भान्सा छेउमा फलेको स्वच्छ, हरियो सागपात तथा तरकारीको प्रयोग गर्न सक्नुहुन्छ । 

वि.सं. २०२३ फागुन १५ गते बुबा हरिप्रसाद गौतम र आमा सावित्रा गौतमको कोखबाट जन्मनुभएकी ज्ञवाली सानै उमेरदेखि मेहनती र जुझारु हुनुहुथ्यो । श्रीमानको जागिरको सिलसीलामा २०४५ सालदेखि चितवनको भरतपुरमा बसोबास गर्दै आउनुभएकी ज्ञवालीको परिवार २०५९ सालदेखि गुग्मी जिल्लाबाट स्थायी बसोबासका लागि चितवन झरेको थियो । चितवनको लामो बसाईंसँगै भरतपुर महानगरपालिका १०, स्याउलीबजारमा स्थायी बसोबास जोड्नुभएकी ज्ञवालीको श्रीमान र दुई छोरीसहित ४ जनाको परिवार छ । 

यहाँको सफलताको शुरुवात विन्दु के हो ?

शहर बजारमा घरेलु फोहरमैला चुनौतीको रुपमा रहेको छ । यो विषयलाई समस्या होइन समाधानका लागि भनेर निरन्तर लागिरहें । घरेलु फोहोर व्यवस्थापन गरी कौसी खेती गर्न शुरु गरें । मेरो कार्यलाई टोल, छिमेकी टोल हुँदै नगरपालिकाले समेत पच्छ्याउन थाल्यो । भरतपुर नगरपालिकाले मेरो घरलाई नमुना घरको रुपमा राख्यो । नगरपालिकामा आउने स्वदेशी तथा विदेशी पाउनाहरु हेर्न आउने लहर चल्न थाल्यो । नगरपालिकामा बातवरणसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै गएँ । काम गर्ने क्रममा धेरै अनुभव हुन थाल्यो । विभिन्न संघसंस्था सँग परिचित हुन पुगें । निरन्तर रुपमा लागि परेपछि अवसरहरु आफैं आउँदा रहेछन् । स्थानीय अन्वेषण प्रवर्द्धन कार्यक्रम नेपाल (Promoting Local Innovation Nepal) को आयोजनामा वि.सं. २०६६ साल वैशाख १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको अन्तराष्ट्रिय सभागृहमा सम्पन्न प्रथम राष्ट्रिय स्थानीय अन्वेषण मेलामा सहभागी हुने अवसर जुट्यो । मेलामा आफुले गरेको घरेलु फोहर व्यवस्थापन सम्बन्धी स्थानीय अन्वेषणको प्रदर्शन महिलाहरुमध्ये उत्कृष्ट भई प्रथम पुरस्कार प्राप्त गरेँ, त्यसले मलाई अझै जिम्मेवारी थपिएको बोध भयो ।   

मेरो अनुभव साट्न छिमेकी नगरपालिका हुँदै देश देखि विदेश सम्म पुगेको छु । विदेशमा भारत, क्याम्बोडिया सम्म पुगें । आफूले जानेको प्रविधि प्रदर्शन गरेकै आधारमा अन्तराष्ट्रिय ग्रामिण महिला दिवस २०७३ असोज २९ गते वुमन ओल्ड समिट फाउन्डेसन (WWSF)  भन्ने संस्थाले ग्रमिण महिला जनजीवनमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्तराष्ट्रिय अवार्ड मलाई प्रदान गर्यो, यसले अझ मलाई काममा हौसल प्रदान गर्यो ।  मैले आफुले गरेको कौसी खेती अभियानलाई प्रचार प्रसार गरेर अन्य उद्यमी निर्माण गर्नकै लागि विभिन्न नगरपालिकाको महोत्सवमा स्टल राख्ने पनि गरेकी छु । पटक पटक आयोजना भएका चितवन महोत्सव, रत्ननगर महोत्सव, राष्ट्रिय औद्योगिक प्रदर्शनी चितवन, प्रथम राष्ट्रिय अन्वेषण मेला काठमाडौंमा गएर प्रदर्शनी मार्फत आफ्नो अभियानबाट धेरैलाई सिकाउने गरेको छु । धेरै ठाउँबाट पुरस्कार तथा सम्मानित हुने अवसर पनि प्राप्त भएको छ । मेरो यो अनुभवलाई दर्जनौ पत्रपत्रिकाले पनि प्रकाशन गरेका छन् । राष्ट्रिय देखि अन्तराष्ट्रिय मिडिया (अन्तराष्ट्रि मिडिया लिंक टिभि) मा समेत प्रचार भएको छ ।

के हो कौसी खेती ?

कौसी खेती घरको छत, बरन्डा मा गरिने खेती हो । शहर बजारमा जमिन महङ्गो हुनु, खेती गर्न जमिन नहुनु, घडेरीहरु ससाना हुनु, यसले गर्दा तरकारी स्वस्थ्य पाउन नसक्नु ठूलो समस्या बन्दै गइरहेको छ । बजारमा किनेका तरकारीहरुमा विषादीको प्रयोग बढी हुनुले पनि यसको महत्व बढेको हो भन्ने लाग्छ । घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ । अझ भन्ने हो भने कोभिड महामारीका कारण सृजित लकडाउन पछि कौसीमा तरकारी लगाउनेको संख्या बढ्दै गएको पनि छ । 

सहकारीमा कहिले आबद्ध हुनुभयो ?

२०६६ सालमा आफ्नै टोलबाट शुरुवात भएको स्याउलीबजार बचत तथा ऋण सहकारी संस्थामा जोडिनपुगें । हाल यो सहकारी एकीकृत चितवन बचत तथा ऋण सहकारी संस्था भएको छ । यो बाहेक दिपज्योती अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था र प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थामा पनि सदस्य छु । समाजमा छरिएर रहेको ससानो पूँजीलाई एकिकृत गरी सहकारी मूल्य, मान्यता र सिद्धान्तको परिधिभित्र रहेर सेयर सदस्यहरुको आर्थिक उत्थान गर्नमा सहकारीको ठूलो योगदान रहेको छ । सहकारी सेयर सदस्यहरुको मेरुदण्ड हो । एकका लागि सबै र सवैका लागि एक नै सहकारी हो भन्ने बुझेको छु ।
 
सहकारीमार्फत उद्यमशीलता विकासको सम्भावना कस्तो देख्नुहुन्छ ? 

उद्यमशीलता विकासको सम्भावना उच्च छ । उद्यमी बन्न  सर्वप्रथम इच्छाशक्ति आउनुपर्योे अर्को पक्ष भनेको आर्थिक पाटो हो । आर्थिक पाटोलाई सहकारी मार्फत ऋण लिएर गर्न सकिन्छ । सहकारीमा युवा पुस्ताको आकर्षण बढाएर उद्यमशीलता प्रवर्द्धन गर्न सकिने उपायहरुको खोजी हुनुपर्छ । युवाहरुलाई छनौटका आधारमा विभिन्न व्यावसायिक तालिम प्रदान गर्न र उद्यम स्थापनाका लागि सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराएर स्थानीय स्रोत साधन उपयोग गरी उद्यमशीलताका विविध सम्भावनाहरुलाई समेट्न सकिन्छ ।   

कोभिड महामारीको समयमा सहकारीको सेवा कस्तो पाउनुभयो ?

कोभिड शुरुभएसँगै समाजमा सहकारीको भूमिका सुरक्षित भएको महसुस भएको छ । सहकारीका सदस्यहरुले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफू सदस्य रहेको सहकारीबाट तत्काल आइपरेका वित्तीय समस्याहरु समाधान गर्न सक्नुभएको छ । कोभिडका कारण बाक्लो बस्ती र सहरी क्षेत्र संक्रमणको उच्च जोखिममा रहेको बेलामा पनि सहकारीको सेवा निरन्तरता र घरदैलो सेवा प्रभाव मार्फत सदस्यहरुका हरेक वित्तीय समस्या समाधानमा सहकारीले ठूलो भूमिका खेलेको छ ।

 दिदीबहिनीहरुका लागि यहाँको सन्देश ?

सहकारीमा आबद्ध महिला दिदीवहिनीहरुलाई सकेसम्म उद्यमी बनौं । बुढेसकालमा नसक्ने बेलामा हाम्रो साथी नै सहकारी हो । धेरैभन्दा धेरै बचत गर्ने गरौं । महिलाहरुले सञ्चालन गरेका हरेक क्षेत्रमा सफलता पाईएको छ । हामी केही न केही व्यवसाय सञ्चालन गरेर अगाडि बढौं, आर्थिक रुपमा सक्षम हुन सकियो भने पारिवारिक जीवन पनि सफल हुन्छ, म सँधै हाम्रा दिदीबहिनीलाई यही भन्दै आइरहेकी छु । 

हो हामी पनि एकचोटी सोचौं ! दिनहुँ महंगो तरकारी किन्नुपरेको छ । किनेको तरकारी केलाउँदा करिब आधा भाग फोहर उत्पादन हुन्छ । सोही फोहरको व्यवस्थापन नगरपालिकालाई पैसा तिरेर गर्नुपर्छ । तर त्यही फोहरको समुचित सदुपयोग गर्न जान्दा आज उद्यमी ज्ञवालीले आफ्नो दशधुर जग्गामा बनेको घर विभिन्न प्रजातिका फुल र छत कौसीका मौसमी तथा वेमौसमी तरकारी बालीले हरियाली बनाउनुभएको छ । 

मेहनत गर्ने भावना र काम गर्ने इच्छाशक्ति भएमा करेसाबारी बिना पनि आफूलाई आवश्यक पर्ने स्व्च्छ र गुणस्तरीय तरकारी शहर बजारका आलिशान भवनका कौसीमा पनि सहजरुपमा फलाउन सकिन्छ भन्ने सफल उदाहरण हुनुहुन्छ तुलसा ज्ञवाली । घरेलु फोहोर व्यवस्थापनमा उहाँको स्थानीय अन्वेषणले सहर बजारमा केन्द्रित कृषि पद्धती का लागि अत्यन्त उपयोगी प्रविधि भएको छ । उहाँले अफ्नो घर बस्दा त्यसै खेर फालिएका सिमेन्टका बोराहरुलाई जतनसाथ संकलन गरी आफैले घरमा तयार पारेको गड्यौले मल र माटो मिलाएर घरको छतमा लोभलाग्दो गरी कौसी तरकारी खेती गर्दै आउनुभएको छ । आफुले बार्षिक तरकारी उत्पादन योजना बनाएर भान्सामा आवश्यक पर्ने प्रांगारिक तरकारी बर्षभरी नै उत्पादन गरी उपभोग गरिरहेको देखेपछि छिमेकी महिला दिदीबहिनीहरुका लागि प्रेरणाको स्रोत हुनुहुन्छ तुलसा ज्ञवाली । 

saccosaawaj media

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

सोमबार, साउन ५

उत्पादीत बस्तुको मूल्य र उपयुक्त बजारको खोजिमा किसान

saccosaawaj media

अब्बल साकोस नेतृ सीमा

आईतबार, साउन २५

अब्बल साकोस नेतृ सीमा

saccosaawaj media

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’

आईतबार, साउन २५

‘हिजोआज निन्द्रा र भोक दुवै लाग्दैन’