मंगलबार, मंसीर ९
०३:५१

नेफ्स्कूनको २९औं बार्षिक साधारणसभा सम्पन्नः प्रतिनिधिहरुको उत्साहजनक मिश्रित सहभागिता 

शुक्रबार, मंसीर ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को २९औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरुको न्यून भौतिक उपस्थिति र ठूलो संख्यामा अभौतिक उपस्थिति थियो ।  

सभामा सामाजिक भौतिक दुरी र स्वास्थ्य मापदण्ड सहित दुईवटा हलमा गरि १ सय ९० जनाको भौतिक उपस्थिति र २०० जनाको अभौतिक सभागिता रहेको थियो भने ७ सय भन्दा बढी सदस्यहरुले  साधारणसभाको वेव एप्लिकेसन्स् मार्फत भौतिक उपस्थिति जनाउनुभएको थियो ।  

साधारणसभाको उद्घाटन सत्रमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पठाउनुभएको शुभकामना मन्तव्य संघका महासचिव एवम् कार्यक्रम सञ्चालनकर्ता दामोदर अधिकारीले बाचन गर्नुभएको थियो । 

प्रमुख अतिथि मिनराज कंडेलले संविधानको स्प्रिट अनुसार नमिलेका र सहकारी ऐन सँग बाझिएका करिब ४७ वटा ऐनहरुको विषय संशोधनको क्रममा अगाडि बढिरहेको जानकारी गराउनुभयो । संघीय ऐन सँग नवाझिने गरी स्थानीय तहका ऐनहरुलाई संशोधन गर्नेगरी अगाडि बढ्न महासंघ, नेफ्स्कून, सहकारी बैंक, विषयगत केन्दीय संघ सहित सिङ्गो अभियान क्रियाशिल रहेको बताउनुभयो । उहाँले अब सहकारीको गन्तव्य आर्थिक सामाजिक रुपान्तरण तर्फ लक्षित रहेको चर्चा गर्दै अब उत्पादन र व्यवासायिकरणका क्षेत्रमा सहकारी एक भएर लाग्नुपर्ने र त्यसका लागि महासंघले आव्हान पनि गरिसकेको जानकारी गराउनुभयो । उहाँले जोड्नुभयो, कृषि वहुउद्देश्यीय संस्थाले उत्पादनकै क्षेत्रमा जोडिनुपर्छ र बचत ऋणको कारोबार गर्नेहरुले पनि ५ प्रतिशतभन्दा बढी संस्थागत पूँजी भएकाले त्यसको ५० प्रतिशत पुँजी अहिलेदेखिनै उत्पादनमूलक क्षेत्रमा लगाउन अनुरोध गर्दछौं ।  

उहाँले भर्खरै मात्र एउटा अनलाईन समाचारमार्फत दोलखाको मिलिजुली कालिञ्चोक साकोसको वित्तीय सुशासनको विषयमा उठेको प्रश्न वास्तविक नभई नियतवश र कपोलकल्पित भएको बुझिएको बताउनुभएको छ । स्थानीय सहकारी अभियानकर्मीहरु, नेफ्स्कूनको अनुुगमन लगायत स्वयं संस्थाको वित्तीय अवस्थाको विश्लेषणबाट पनि वित्तीय सुशासनमा कमजोरी नरहेको खुल्न आएको जानकारी गराउनुभयो । 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सहकारीले लोकतान्त्रिक समाजवादलाई स्थापित गरेको चर्चा गर्दै साहु महाजनसँग पैसा लिएर चर्को चक्रबर्ती व्याज खेप्नुपर्ने र व्याज बोकेर व्यक्तिको मातहतमा सँधै दास बन्नुपर्ने प्रबृत्तिलाई सहकारीले निरुत्साहित गरेको दाबी गर्नुभयो  । उहाँले सरकारले भर्खरैमात्र घोषणा गरेको दुई वटा थिमहरुको बारेमा चर्चा गर्दै बैंकहरुमार्फत सहुलियतपूर्ण कर्जा र स्टार्ट अफ फण्डको अवधारणामा सहकारीमार्फत कार्यान्वयन गरेर सरकारको संलग्नता सहित बैंक र सहकारी सँगसँगै समृद्धिको अभियानमा अगाडि बढ्नका लागि राष्ट्रिय सहकारी महासंंघले सहकारी मार्फत सोको कार्यान्वयन गर्ने कुराको माग लिएर सरकार सँग जान आग्रह गर्नुभयो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भौतिक अभौतिक रुपमा सहभागी सम्पूर्ण सहकारी अभियानका व्यक्तिहरुलाई स्वागत गर्दै सातै प्रदेशमा क्रमिक रुपमा सम्पन्न विस्तारित मञ्चका कार्यक्रमहरुमा  सहकारीका साथीहरुको उत्साहजनक र क्रियाशिल सहभागिताबाट साधारणसभाको  सफलता र आगामी कार्यनिरन्तरताका लागि हौसला प्राप्त भएको बताउनुभयो । उहाँले सदस्यहरुको निरन्तरको साथ सहयोग र रचनात्मक सुझाव सल्लाह सहित सामुहिक ऐक्यवद्धताबाट साकोस अभियानको दिगो विकास र संघले तय गरेको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि मार्ग प्रशस्त भएको विचार प्रस्तुत गर्नुभयो । 

संघका अध्यक्ष परितोष पौड्यालले अभियानलाई गहन, सम्पन्न, बहुमुखी र समृद्ध बनाउनको निम्ति नेफ्स्कूनले मार्गदर्शन अगाडि सारेको विषय चर्चा गर्दै कोभिड महामारीको विषम् प्रभावबाट साकोस अभियानलाई सुरक्षा कवज प्रदान गर्न अभियान सहित विश्वव्यापी छलफलमा जुटेर १९ बुँदे मार्गदर्शन जारी गरिएको बताउनुभयो । सदस्यलाई पर्ने प्रभाव र सदस्यहरुलाई वित्तीय उपलब्धताका लागि मार्गदर्शन महत्वपूर्ण आयाम सावित भयो, उहाँले भन्नुभयो, “लगत्तै कोभिडले पार्ने प्रभावको विश्लेषण गर्दै सदस्य, संस्था र आम समुदायमा पर्ने तीन तहको प्रभावको विश्वव्यापी आंकलन गरेर चरणबद्ध रुपमा त्यसबाट पर्ने प्रभावको व्यवस्थापनका लागि संघले प्राविधिक पहलकदमी गर्यो, अवको व्यवस्थापन भनेको आम समुदायमा आर्थिक मन्दीको विषय बनेको छ, त्यसका लागि पनि हामीले सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यको थिमलाई अगाडि सारेका छौं । हामीले त्यसका आधारभूत मापदण्डहरुलाई सम्वोधन गरेर अगाडि बड्ने प्रण गरेका छौं ।”  उहाँले जोड्नुभयो, “अबको युग डिजिटाइजेसनको युग हो, आजसम्म हामी एकाउन्टीङ सफ्ट्वयरमा मात्र सीमित छौं, अवको साकोस अभियान भनेको प्रविधिमार्फत सम्पूर्ण वित्तीय समाधान सहितको अभियान बन्नुपर्छ ।” 

कार्यक्रम सञ्चालन संघका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने साधारणसभामा महासचिव दामोदर अधिकारीले आर्थिक बर्ष २०७६ ०७७ को बार्षिक प्रतिवेदन तथा आ.ब. ०७७ ०७८ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कोषाध्यक्ष दिपक पनेरुले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बचत ऋण सहकारी अभियानमा नेफ्स्कून शीर्ष संघ रहेको र अवको गन्तव्य दीगो, सुशासित र प्रविधिमैत्री साकोस निर्माणमा नेफ्स्कूनले उच्चस्तरको प्रविधि प्रयोगलाई भित्र्याउनुपर्नेमा जोड दिनुभयो । अवको मावन जीवनशैली र जीवनपद्धती वदलिदो परिवेशमा रहेको चर्चा गर्दै साकोस अभियानले पनि आफ्ना सदस्यहरुका सम्पूर्ण सेवालाई डिजिटाइज गर्नुपर्ने आवश्यकता औल्याउँदै नेफ्स्कूनले आगाडि सारेको प्रविधि विकासको रणनीतिक योजनाप्रति  ऐक्यबद्धता जाहेर गुर्नभयो । 

त्यसैगरी सहकारी विभागका उपरजिष्ट्रार चोमेन्द्र न्यौपाने, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, सहकारी विद् नवराज सिंखडा (पिएचडी), अन्तराष्ट्रि श्रम संगठन (आइएलओ) का नेपालस्थित निर्देशक रिचर्ड हवार्ड, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरी बजगाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेफ्स्कूनले आजै नेपाल गुणस्तर कायम गर्न सफल साकोसहरुको प्रमाणिकरण घोषणा गरेको छ । नेपालको साकोस अभियानको छवि उच्च राख्दै  नेफ्स्कूनद्वारा सञ्चालित गुणस्तर सुनिश्चितताका कार्यक्रम प्रोवेशन अन्तर्गत ब्राण्ड प्राप्त गर्न सफल ४० साकोसलाई ब्राण्ड प्रदान गरिएको थियो । ब्राण्ड घोषणा संघका उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । 

साधारण सभाको कार्यक्रम  

https://www.youtube.com/c/NEFSCUNTV , https://www.facebook.com/saccos.aawaj, https://www.saccosaawaj.coop.np/
http://agm.nefscun.org.np/ बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

नेफ्स्कूनले कार्तिक २३ देखि मंसिर ३ गतेसम्म सातै प्रदेशमा प्रदेशस्तरीय संघ संस्थाका प्रतिनिधिहरुको उत्साहपूर्ण सहभागिताका बीच प्रादेशिक बिस्तारित मञ्चका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी आज निर्णय एकिकरणको अन्तिम सभा सम्पन्न गरेको हो । कार्तिक २३ गते प्रदेश नं १ बाट सुरु भएको प्रादेशिक बिस्तारित मञ्चका कार्यक्रमहरु कार्तिक २४ गते प्रदेश नं २, कार्तिक २५ गते बागमती प्रदेश, कार्तिक २६ गते गण्डकी प्रदेश, कार्तिक २७ गते लुम्बिनी प्रदेश, मंसिर २ गते कर्णाली प्रदेश हुँदै मंसिर ३ गते सुदुर पश्चिम प्रदेशबाट सम्पन्न गरेको थियो ।  

कार्यक्रममा नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट घोषित विभिन्न संघ संस्था तथा व्यक्तिहरु प्रादेशिक विस्तारित मञ्चको अवसरमा सम्मानित भएका थिए भने बाँकी केही संघ संस्था तथा व्यक्ति सम्मान पुरस्कार आज प्रदान गरिएको थियो । आज पुरस्कृत संघ संस्था तथा व्यक्तिहरुमा ः महिलाहरुद्वारा सञ्चालित सर्वोत्कृष्ट साकोस निलकण्ठ महिला साकोस–धादिङ, प्रदेश स्तरीय (वागमती प्रदेश) उत्कृष्ट साकोस ज्योति मिर्मिरे सामूहिक साकोस–काभ्रेपलाञ्चोक,  उत्कृष्ट जिल्ला बचत संघ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. काठमाडौं (कास्कून) लाई सम्मानित गरिएको थियो ।  त्यसैगरि संस्थापक अध्यक्ष सम्मान संघीय सांसद एवम् नेफ्स्कूनका पूर्व महासचिव घनश्याम खतिवडा, अग्रज व्यक्तित्व सम्मान महिलातर्फ नेफ्स्कूनका निवर्तमान उपाध्यक्ष पावर्ती खाँड राई, पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक श्याम बहादुर श्रेष्ठ, विद्वता सम्मान सहकारीविद् नवराज सिंखडा (पि.एच.डि), राइफाईसन क्रेडिट यूनियन पुरस्कार अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालय–ललितपुर, नेपालको साकोस अभियानको तर्फबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार मिलिजुली कालिञ्चोक साकोस दोलखाका व्यवस्थापक ईश्वर न्यौपाने, नेफ्स्कून पत्रकारिता पुरस्कार सहकारी खबर डट कमका सम्पादक काजी श्रेष्ठ, नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कार संघका अन्तरलगानी अधिकृत मनोज बुढाथोकी र उत्कृष्ट फिल्ड कार्यालय अन्तर्गत चावहिल फिल्ड कार्यालय सम्मानित भएका थिए ।  

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र