शुक्रबार, वैशाख ७
०३:२३

सुर्खेतमा सहकारी एकीकरणको लहर  

बिहीबार, मंसीर ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय सहकारी एकीकरणको लहर चलेको छ । एकीकरणमार्फत फराकिलो कार्यक्षेत्र, सदस्य पहुँचमा वृद्धि र प्रविधिमा नवीनता पस्कने अठोटका साथ जिल्लाका सहकारीहरु त्यसप्रति उत्साहित भएका हुन् । हिजो मात्र नेफ्स्कूनमा आबद्ध ४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुबीच विधिवत् एकीकरण भएको थियो भने असोज २२ गते ४ वटा सहकारी संस्थाहरु र कार्तिक २४ मा ३ वटा सहकारीबीच एकीकरण भएको थियो । सरकारले सदस्य माग र चाहनाको सम्बोधनका लागि सहकारी संस्थाहरुको एकीकरणमा जोड दिएसँगै सुर्खेतमा पनि एकीकरणको लहर बढेको हो ।

पछिल्लो पटक हिजो गंगामाला, प्रभात महिला, दिगोशान्ति नवज्योति र शान्तिनगर बचत तथा ऋण सहकारी संस्थाहरुबीच एकीकरण भई गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.,भेरीगंगा–१२ सुर्खेतले सहकारी विभागबाट विधिवत् दर्ता प्रमाण पत्र प्राप्त गरेको छ । एकीकृत संस्थाका व्यवस्थापक हिरालाल घर्तीका अनुसार अब संस्थामा ६ हजार ७ सय सदस्य र साढे ३६ करोड पुँजी पुगेको छ । ७५ प्रतिशत महिला सहभागिता रहेको साकोसमा मुख्य कार्यालय बाहेक ४ वटा सेवा केन्द्र रहेको व्यवस्थापक घर्तीले बताउनुभयो । 

यसअघि गएको असोजमा वीरेन्द्रनगर साकोस, पञ्चज्योति साकोस, जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था र आफन्त ग्रामीण कृषि तथा पशुपालन सहकारी संस्था लि एकीकरण भई गत कार्तिक १६ गतेबाट वीरेन्द्रनगर साकोसको नामबाट एकीकृत कारोबार सञ्चालन गरेको एकीकृत संस्थाका अध्यक्ष बम बहादुर बीसीले जानकारी गराउनुभयो । उहाँले भोलीबाट एकीकृत संस्थाको सेवा केन्द्र सञ्चालनमा आउने तयारी भएको बताउनुभयो । “जिल्लामा हामीले एकीकरणको अभ्यास सुरुवात गरेका हौं, ” अध्यक्ष बीसीले भन्नुभयो,“ हामी पछि अरु ३ संस्थाबीच एकीकरण भएको थियो भने पछिल्लो पटक गंगामाया लगायतका ४ साकोसहरुबीच एकीकरण भएको हो ।” सुर्खेत जिल्ला भर कार्यक्षेत्र रहेको वीरेन्द्रनगर साकोसको सदस्य संख्या १३ हजार ५ सय ८५ पुगेको छ भने पुँजी ५९ करोड ९१ लख ८१ हजार ६ सय ५६ पुगेको छ । हाल ५३ करोड ऋण लगानी रहेको संस्थामा महिला सदस्य सहभागिता ६५ प्रतिशत रहेको अध्यक्ष बीसीले उल्लेख गर्नुभयो ।

 त्यसपछि कार्तिकमा जनजागरण, नमूना र जीवनसहारा साकोस एकीकृत भई शुभ साकोसको रुपमा कारोबार सञ्चालन गरेको संस्थाका व्यवस्थापक गणेश कुमार चन्दले जानकारी दिनुभयो । “२०७५ साल साउन १० मा जनहित, जनसेवा, जागरण महिला एकीकृत भई जनजागरण बचत तथा ऋण सहकारीको रुपमा कारोबार सुरु गरेका थियौं,” व्यवस्थापक चन्दले भन्नुभयो,“पछि अरु २ वटा सँग मिलेर शुभ साकोसको रुपमा कारोबार सञ्चालन गरेका हौं ।” एकीकरण पछि शुभ साकोसको कूल सदस्य संख्या ३१ सय र पुँजी २० करोड रुपैयाँ पुगेको उहाँले बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र