बिहीबार, वैशाख १३
०१:५०

सामुहिक साकोसको बार्षिक साधारणसभा सम्पन्न

आईतबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुरस्थित सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । २२औं बार्षिक साधारणसभा उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीको वित्तीय सेवा प्रवाह साथै सुशासन मूल्यांकनको क्षेत्रमा प्रविधि विकासलाई जोड्न आग्रह गर्नुभएको छ । उहाँले विद्यमान चुनौति र कठिनताका बीच सबलताको खोजी गरी प्रविधि प्रयोग र विकासमा अब नयाँ पुस्ता निर्माण गर्न फिनटेक एजुकेशनको आवश्यकताको चर्चा गर्नुभयो ।  

संघका महासचिव दामोदर अधिकारीले साकोसको साधारणसभा सफलताको शुभकामना व्यक्त गर्दै सहकारीको एकीकरण आजको आवश्यकता रहेको जानकारी गराउनुभयो । साकोस एकीकरण अभियानलाई विशेष महत्व दिएकोमा खुसी व्यक्त गर्दै उहाँले एकीकरण गर्दा आफूसँग एकीकरण गर्ने संस्थाको इतिहास केलाएर मात्र एकीकरण प्रकृया अघि वढाउन सके आगामी दिनमा संस्थामा आइपर्न सक्ने जोखिम न्यून हुने विचार व्यक्त गर्नुभयो ।

सामुहिक साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न सभामा कोभिड संक्रमणको जोखिमलाई उच्च सुरक्षा सतर्कता अपनाउँदै सीमित संख्यामा सदस्यहरुको प्रतिनिधिमुलक उपस्थिति गराइएको थियो । सभाध्यक्ष धनेशराज राजोपाध्यायले सहकारीमा समस्या आयो भनेर भाग्ने होइन एकिकृत भएर सहकार्य मार्फत समस्याको समाधान खोज्न सम्पूर्ण सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरु बीच म होइन हामीको भावना विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र