मंगलबार, फागुन १५
१२:४६

स्थिरीकरण कोष सञ्चालन समितिको बैठक सम्पन्न

शुक्रबार, मंसीर २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बचत तथा ऋण सहकारी सम्बन्धी स्थिरीकरण कोष सञ्चालन समितिको १८औं बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा बसेको बैठकमा कोषको वार्षिक, नीति, कार्यक्रम तथा बजेटमा आधारित रहेर छलफल भएको थियो । कोषको हालसम्मको अवस्था र प्रगतिबारे सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले अवगत गराउनुभएको थियो । छलफलमा कोषका गतिविधिहरुलाई थप प्रभावकारी बनाउँदै लानुपर्ने तथा योगदानकर्ताको संख्या वृद्धि गर्नुपर्ने धारणा अभिव्यक्त भएका थिए । यसैगरी, कोषमा आवद्ध संघ संस्थाहरुको अनुगमनको विषयमा पनि छलफल भएको छ ।

वित्तीय सहकारीहरुको सुरक्षा कवचको रुपमा लिइने स्थिरीकरण कोषको मुख्य लक्ष्य बचत तथा ऋण सहकारीहरुको छवि संरक्षणमा भूमिका निर्वाह गर्ने भएकाले जोखिम न्यूनीकरण लगायतका विषयमा के कस्ता नवीन कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ भनेर आजको बैठकमा छलफल भएको छ । बैठकमा सहकारी ऐन संशोधनमार्फत कोषको भूमिकालाई थप सबल बनाउने तथा संरचनागत सुधारको आवश्यकतामा जोड दिदैं उक्त दिशामा भैरहेको बहसपैरवी बारे कोषका अध्यक्ष पौड्यालले जानकारी गराउनुभएको थियो । 

उहाँले सरकारले गत बैशाख १६ मा गठन गरेको सहकारी क्षेत्र सुधार सुझाब कार्यदलको प्रतिवेदनमा पनि सहकारी ऐन संशोधन गरी बचत तथा ऋण सहकारी संस्थाहरु अनिवार्य रुपमा स्थिरीकरण कोषमा सहभागी हुने व्यवस्था गर्नु पर्ने बुँदा समेटिएको बताउनुभयो । अध्यक्ष पौड्यालले स्थिरीकरण कोषमा बचत तथा ऋण सहकारी संस्थाहरुको कूल सम्पत्तिको ०.०३ प्रतिशत रकम अनिवार्य रुपमा राख्नु पर्ने व्यवस्था पनि प्रतिवेदनमा उल्लेख भएको भन्दै यसबाट सरकारले कोषलाई वर्तमान सहकारी समस्या समाधानको उपायको रुपमा स्वीकार गरेको बताउनुभयो ।

आजको बैठकमा समितिका सदस्यहरु सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय, नेपाल राष्ट्र बैंकका प्रतिनिधि राजकुमार खत्री, राष्ट्रिय सहकारी विकास बोर्डका उप निर्देशक मुकेश कर्ण, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाई, जनउत्थान साकोस रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्याल, सामुदायिक साकोस काभ्रेका अध्यक्ष प्रकाश बञ्जारा, सँगै नेफ्स्कून व्यवस्थापनको सहभागिता थियो ।

 

कोषमा गत असार मसान्तसम्म २ सय ८६ संघ संस्थाहरुबाट रु. १७ करोड ७३ लाख बढी प्रारम्भिक योगदान र वार्षिक योगदान स्वरुप सङ्कलन भएको छ । कोषमा योगदान गर्ने दुईवट संस्थालाई कोषले तरलता सापटी प्रदान गरी योजना अनुसार फिर्ता पनि लिइ सकिएको अवस्था छ । 

स्थिरीकरण कोष भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति २०७९ साल जेष्ठ २७ गते सहकारी ऐन, २०७४ को दफा १०३, सहकारी नियमावली, २०७५, को नियम ७४ तथा स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ को दफा ६ बमोजिम स्थापना भई निरन्तर रुपमा क्रियाशील रहेको छ ।  सहकारी ऐनको दफा १०३ बमोजिम कोष केन्द्रीय बिषयगत संघमा रहने भन्ने व्यवस्था बमोजिम कोषको कार्यालय नेफ्स्कूनसँगै नयाँ बानेश्वरमा रहेको छ ।


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।