आईतबार, मंसीर २४
१२:५४

सहकारी अभियन्ता माधवलाल देवकोटाको निधन

सोमबार, मंसीर ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हकारी अभियन्ता माधवलाल देवकोटाको सडक दुर्घटनामा परी आज निधन भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक देवकोटा चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ उहाँसहित २ जनाको निधन भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा नगरपालिकाको ड्राईभरटोल चोकमा  लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा सहकारी बैंकका सञ्चालक, शिक्षा, तालिम तथा सम्मान उप–समितिका संयोजक तिलोत्तमा नगरपालिका शंकरनगर निवासी देवकोटा र सोही नगरपालिका वडा नं २ जानकी नगर बस्ने यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मल विक्रीका लागि सुध्योधनस्थित मानपकडी सेवा केन्द्र जाने क्रममा देवकोटा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन् । देवकोटा तिलोत्तमा बहुमुखी सहकारी संस्था लि.का अध्यक्ष हुनुहुन्थ्यो । २०७५ सालदेखि राष्ट्रिय सहकारी बैंकको सञ्चालक रहनुभएका देवकोटा पहिलो कार्यकालमा बैंकको सूचना, सञ्चार तथा प्रविधि उपसमितिको संयोजक हुनुहुन्थ्यो भने हाल शिक्षा, तालिम तथा सम्मान उपसमितिको संयोजक हुनुहुन्थ्यो । बिभिन्न सामाजिक तथा पेशागत संघ संस्थामा आवद्ध देवकोटा तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार समेत हुनुहुन्थ्यो । सहकारी अभियन्ता देवकोटाको निधनबाट सहकारी अभियान स्तब्ध बनेको छ । उहाँको असामयिक निधनप्रति अभियानको विभिन्न तह र तप्काबाट शब्द श्रद्धाञ्जली व्यक्त गरिएका छन् । नेफ्स्कून परिवार स्वर्गीय देवकोटाको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।