आईतबार, मंसीर २४
१२:२६

सहकारीले एकीकृत पुँजी निर्माणमार्फत लगानी र रोजगारी वृद्धि गर्नुपर्ने

बिहीबार, कात्तिक २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । बैतेश्वर गाउँपालिका-५ मैनापोखरीस्थित जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले कार्तिक १७, १८ र २०  गते सदस्य सहजताका लागि विभिन्न सेवा केन्द्रमा क्षेत्रगत साधारण सभा आयोजना गरी २२ गते समापन गरेको हो । साधारणसभामा बिभिन्न बिधामा सदस्यहरुलाई सम्मान समेत गरिएको छ । सभामा जेष्ठ सदस्यहरलाई स्टिलको लौरो बितरण गरिएको थियो ।  

संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्ययतामा सभा सम्पन्न भएको हो । सभामा मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । सहकारीका लागि मुलुककै नमुना जिल्ला दोलखा भएकाले यहाँका सहकारीले एकीकृत पुँजी निर्माणमार्फत लगानी र रोजगारी वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । सभामा संस्थाका अध्यक्ष चौलागाइले संस्थाको गत आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको जानकारी गराउनुभएको थियो । त्यसैगरी संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ र कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको बताउनुभयो । संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको सभामा जानकारी गराइएको थियो । संस्थाले कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको छ ।

संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य छन । त्यस्तै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ । संंस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्यको मृत्यु पश्चात् आश्रित परिवारलाई ५ हजारदेखि ४० हजार रुपैयाँसम्म राहत प्रदान गर्दै आइरहेको जनाएको छ । सभामा संस्थाका पूर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका महासचिव भिमप्रसाद दहाल, जनमुखी साकोसका उपाध्यक्ष गिताकृष्ण शर्मालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाले मुख्य कार्यालयसहित १६ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । 


 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।