आईतबार, मंसीर २४
१२:००

'लीडरशीप बुटक्याम्प' मा सहभागी सहकारीकर्मीद्वारा भूकम्प पीडितलाई सहयोग घोषणा

बुधबार, कात्तिक २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा जिल्लामा अवस्थित सफल सहकारी-जिरीस्थित एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक तथा व्यवस्थापन नेतृत्वका लागि काभ्रेको पनौतीमा अहिले ‘लीडरशीप बुटक्याम्प’ सञ्चालन भैरहेको छ । नेफ्स्कूनले एशियाली ऋण महासंघ (अकू) को अग्रसरतामा साकोसका नेतृत्वको सोचाइ र व्यवहारमा आमूल परिवर्तन ल्याउन सहयोगी नौलो, रोचक र उत्प्रेरणामूलक विषयवस्तु समेटिएको तालिम कार्यक्रम भर्खरै प्रारम्भिक संस्थाहरुमा परिचित गराउँदैछ । सोही क्रममा हिजोबाट एकीकृत फ्रेण्डशीप साकोसको समूह पनि नवीन तालिममा सहभागी भएको छ । तालिमको उद्घाटनका क्रममा अतिथिहरुबाट अभिव्यक्त विचारले सहभागीहरु उत्प्रेरित हुनुभयो । दोलखाको प्रतिष्ठित साकोसले जाजरकोट र रुकुम पश्चिमलाई दुःख्दा मलम लगाउनुपर्छ भन्ने कार्यक्रमका अतिथिहरुको भनाइले सहभागीहरुलाई छोयो । तत्कालै उहाँहरुले सहयोगको अभिरुचि देखाउनुभयो । प्राकृतिक प्रकोपबाट पीडितहरुलाई सहकारीकर्मी र मानवीयताको नाताले सहयोग गर्नुपर्छ भन्ने स्वःस्फूर्त भावना समूहमै जागृत भयो । त्यसपछि विलम्ब नगरी भूकम्प पीडितहरुका लागि ३१ हजार रुपैयाँ बढीको आर्थिक सहयोग गर्ने निधो गर्नुभयो । 

तीन दिने ‘लीडरशीप बुटक्याम्प’ मा सहभागी संस्थाको सञ्चालक समिति, सल्लाहकार, उपसमिति, उच्च व्यवस्थापन समूहले छलफल गरी आर्थिक सहयोग घोषणा गरेको हो । संस्थागत नभइ व्यक्तिगत तवरमा यो सहयोग घोषणा गरिएको जानकारी संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले साकोस आवाजलाई बताउनुभयो । ‘हामीले अहिलेको अवस्थामा केही गर्नुपर्छ भन्ने ठान्यौं,’ खत्रीले भन्नुभयो, ‘फेरि सहकारीको नेतृत्वले (सञ्चालक समिति वा व्यवस्थापन समूह होस्) फराकिलो दृष्टिकोण राख्नुपर्छ भनेर अहिले व्यक्तिगत रुपमा सहयोग गरौं, भोलिका दिनमा अन्य सहयोगको सम्भावना पनि खोज्न सकिन्छ र यसले अन्य सहकारीकर्मीहरुलाई पनि अभिप्रेरित गर्छ भनेर यो सहयोगको घोषणा गरेका हौं ।’ उक्त तालिममा सहभागीहरुबाट ३१ हजार ३ सय ६० रुपैयाँ बराबरको नगद सहयोग जुटेको छ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत वास्तविक पीडितहरुकोमा पुग्ने गरी तालिमबाट फर्किए लगत्तै हस्तान्तरण गरिने खत्रीले जानकारी गराउनुभयो । 

बुटक्याम्पमा नेतृत्व रुपान्तरणको ११ विधिका विषयमा रोचक र सहभागितात्मक सिकाइ भैरहेको जानकारी प्राप्त भएको छ । तालिम सहजीकरण नेफ्स्कूनका निमित्त प्रमुख कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सीना तथा तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको छ ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।