बिहीबार, वैशाख ६
०९:३२

१ वर्षमा १ लाख सदस्य बनाउने योजनासहित भारतमा कला सहकारी स्थापना

शुक्रबार, कात्तिक १४
एजेन्सी
saccosaawaj

गुजरात । भारतको गुजरातमा कला र संस्कृति जर्गेनाको उद्देश्यसहित कला सहकारी गठन गरिएको छ । कलाकारहरुलाई सहयोग पुर्याउने उद्देश्यले गुजरात सहकारी समाज ऐन अन्तर्गत अम्रेली जिल्लामा Shri Kaladhar Multi Credit and Savings Cooperative Society आज स्थापना गरिएको हो । सहकारीले स्थापनाको १ वर्षभित्रमै १ लाख कलाकर्मीहरु सदस्य बनाइ उनीहरुलाई कला संस्कृति सम्बन्धी तालिम तथा वित्तीय सहयोग उपलब्ध गराउने महत्वाकांक्षी योजना अघि सारेको छ । 

स्थानीय सहकारीकर्मीहरुले यो नौलो थालनीको प्रशंसा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कलालाई व्यवसाय बनाउन खोज्ने तथा आफ्ना सन्तानलाई कलाकार बनाउन चाहनेहरुलाई सदस्यता प्रदान गरिने सहकारीले जनाएको छ । देश भित्र र बाहिर कला प्रदर्शनी गर्ने कार्यक्रम अघि सारेको संस्थाले सहकारी सम्बन्धी वृत्तचित्र निर्माणका लागि ऋण सहयोग समेत उपलब्ध गराउने जनाएको छ । राज्यका प्रत्येक जिल्लामा शाखा स्थापनाको लक्ष्य बोकेको सहकारीमा हाल ११ जना सदस्य छन् । सहकारीको पहिलो बैठकमा इफ्कोका सह–अध्यक्ष लगायतका अतिथिहरुले संस्थाको सफलताको कामना गर्नुभएको थियो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।