शुक्रबार, वैशाख ७
१०:३२

नेफ्स्कूनको २९ औं साधारण सभा भर्चुअल गरिनेः कार्यतालिका सार्वजनिक

बुधबार, कात्तिक ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । देशभरका वित्तीय सहकारीहरुको छाता निकाय नेफ्स्कूनले कोभिड–१९ को महामारीकाबीच आफ्नो २९ औं साधारण सभाको कार्यतालिका सार्वजनिक गरेको छ । संघले असोज २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सहकारी विभागले असोज १ गते जारी गरेको “सहकारी संस्थाको साधारणसभा सम्बन्धी सूचना” र संघको महामारीमा साधारण सभा सञ्चालन कार्यविधिको व्यवस्था बमोजिम यही कार्तिक २१ गतेबाट शुरु गरी मंसिर ५ गते सम्पन्न गर्ने भर्चुअल विधिबाट गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

आज सार्वजनिक कार्यतालिक अनुसार ७ वटै प्रदेशमा जुम एप्लिेकशनमार्फत विस्तारित मञ्चहरु आयोजना गरिने छ । जसअनुसार प्रदेश नं १ मा कार्तिक २३ गते, प्रदेश नं २ मा कार्तिक २४ गते, बागमती प्रदेशमा कार्तिक २५ गते, गण्डकी प्रदेशमा कात्तिक २६ गते, लुम्बिनी प्रदेशमा कार्तिक २७ गते, कर्णाली प्रदेशमा मंसिर २ गते र सुदूरपश्चिम प्रदेशमा मंसिर ३ गते विस्तारित मञ्च आयोजनाको कार्यक्रम सार्वजनिक गरिएको छ ।

यसैगरी, संघका सबै फिल्ड कार्यालयहरु र सदस्य जिल्ला बचत तथा ऋण सहकारी संघका कार्यालयहरुलाई उपस्थिति केन्द्र तोकि कार्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म बिदाको दिन बाहेक बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उपस्थिति खुला रहने व्यवस्था गरिएको छ भने निर्णय एकिकरण बैठक तथा प्रतिवेदन प्रस्तुति र सुझाव सम्बोधन मंसिर ५ गते राष्ट्रिय सहकारी विकास बोर्डको सभाकक्ष पुल्चोकमा बिहान ११ बजे आयोजना गरिने जनाइएको छ । उपस्थिति केन्द्रहरुमा नै वार्षिक प्रतिवेदन, प्रस्तावित नीति, कार्यक्रम उपलब्ध गराइने छ ।  

नेफ्स्कूनले सदस्य संघ संस्थाहरुले कार्तिक २० गतेभित्र साधारण सभामा सहभागी हुने आधिकारिक प्रतिनिधि मनोनयनको निर्णयको प्रतिलिपि पठाइसक्न पनि अनुरोध गरेको छ । साधारण सभाको कार्यक्रम नेफ्स्कूनको युटुब च्यानल www.youtube.com/c/NEFSCUNTV, डिजिटल पत्रिका साकोस आवाज www.saccosaawaj.coop.np तथा फेसबुक पेज facebook.com/saccos.aawaj तथा agm.nefscun.org.np बाट प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ भने यससम्बन्धी सूचना तथा जानकारी नेफ्स्कूनको आधिकारिक वेबसाइट www.nefscun.org.np मा अपलोड गरिएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र