वासिङ्टन । अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय पत्रिका 'क्रेडिट युनियन' को सर्वेक्षणले ५० संस्थाहरु यस वर्ष कर्मचारीको पहिलो रोजाइ बन्न सफल भएका हुन् । कोरोना संक्रमणका बाबजूद यी वित्तीय सहकारीहरुले उत्कृष्ट सदस्य सेवा प्रदान गर्नुका साथै कर्मचारीहरुको सुरक्षा र सेवा सुविधामा समेत विशेष ध्यान पुर्याएको उल्लेख छ । ती कार्यालयहरुले कोरोनाका कारण कार्यालय समय घटाएपनि कर्मचारीको सेवा सुविधामा कुनै कटौती नगरेको, भौतिक दूरीको बाध्यताकाबीच पनि कर्मचारीहरुलाई सामाजिक निकटताका पर्याप्त अवसर प्रदान गरेको, घरबाटै काम गर्नेहरुलाई टेलिफोन र इन्टरनेटको खर्च प्रदान गरेको पत्रिकाले जनाएको छ । यसैगरी, अर्को क्रेडिट युनियनले “फ्रन्टलाइन” कर्मचारीहरुलाई थप सुविधा समेत उपलब्ध गराएको, विशिष्ट बिमा सुविधा, आकस्मिक अवस्थामा हेलिकप्टरबाट निःशुल्क उपचार सुविधा समेत प्रदान गरेको छ । (कोभिड बाहेकका अवस्थामा पनि)
अर्को एक क्रेडिट युनियनले निःशुल्क खाना तथा खाजा, निश्चित दिनहरुमा घरको कुकुरलाई काममा ल्याउन पाउने सुविधा, र सावधानीपूर्वक कर्पोरेट खेलकूदका कार्यक्रमहरु समेत आयोजना गरेको बताइएको छ । त्यसैगरी केही क्रेडिट युनियनहरुले कर्मचारीहरुले अपेक्षा नगरेका सुविधाहरु समेत उपलब्ध गराएका छन् ।
त्यस्तै अर्को एक क्रेडिट युनियनले इस्टर, ह्यालोइन जस्ता चाडपर्वमा कर्मचारीहरुका लागि यथेष्ट मनोरञ्जनात्मक कार्यक्रम समेत राखेका थिए । यी सबै सेवासुविधाका कारण कर्मचारीहरुमा कामप्रति लगाव बढ्ने विश्वास उनीहरुले लिएका छन् ।
क्रेडिट युनियन पत्रिकाले वार्षिक रुपमा Best Credit Union to Work For सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष यो सूचीमा १ अर्ब नेपाली रुपैयाँ भन्दा माथिका १८ वटा क्रेडिट युनियनहरु परेका छन् । उक्त सूचीमा २० अर्बदेखि ५० अर्ब सम्मका १५ वटा क्रेडिट युनियन छन् ।
कर्मचारीहरुको रोजाइमा परेका १ अर्ब भन्दा माथिको पुँजी भएका १८ वटा अमेरिकी क्रेडिट युनियनहरुको सूचीः