शुक्रबार, चैत्र १६
०५:३६

क्यानेडियन क्रेडिट युनियनहरु लगातार १६ औं वर्ष देशको उत्कृष्ट वित्तीय संस्था घोषित

मंगलबार, कात्तिक ४
एजेन्सी
saccosaawaj

ओटावा । अन्य वित्तीय सेवा प्रदायकहरुलाई पछि पार्दै क्यानाडाका क्रेडिट युनियन ९बचत तथा ऋण सहकारी० हरु लगातार १६ औं वर्ष उत्कृष्ट ठहरिएका छन् । मुनाफा भन्दा सदस्य सेवामा जोड दिदैं आएका क्यानेडियन क्रेडिट युनियनहरु देशका अन्य वित्तीय सेवा प्रदायकहरु भन्दा उत्कृष्ट हुँदै “सदस्य सेवा उत्कृष्टता सम्मान” लगायतका उपलब्धि हासिल गरेका हुन् ।   
“क्यानेडियन क्रेडिट युनियनहरुले सधै सदस्य र समुदायलाई उच्च प्राथमिकतामा राखेका छन्,” क्यानेडियन क्रेडिट युनियन एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत मार्था डुरडिनले भन्नुभयो, “खासगरी यो वर्ष कोभिड १९ को महामारीले सदस्यहरुमा संकट र संशयको समयमा यहाँका क्रेडिट युनियनहरुले सदस्य लक्षित विभिन्न किसिमका राहत कार्यक्रमहरु कार्यान्वयन गरेका कारण सदस्यहरुले निश्चिन्त भएर स्वास्थ्यको ख्याल राख्न पाए ।” उहाँले “सदस्य सेवा उत्कृष्टता सम्मान” त्यसैको परिणाम भएको दाबी गर्नुभयो ।
 क्यानेडियन क्रेडिट युनियनहरुले कुल ११ मध्ये सात विधामा सम्मान प्राप्त गरेका छन् । तीमध्ये ४ वटा विधामा एकल सम्मान हात पारे । त्यहाँका क्रेडिट युनियनहरुले प्राप्त गरेका सम्मानहरुः
सदस्य सेवा उत्कृष्टता सम्मान (एकल विजेता)
मेरो व्यवसायका मूल्यहरु (एकल विजेता)
शाखा सेवा उत्कृष्टता सम्मान (एकल विजेता)
प्रत्यक्ष टेलिफोन बैंकिङ उत्कृष्टता सम्मान (एकल विजेता)
वित्तीय योजना तथा सुझाव सम्मान
अनलाइन बैंकिङ उत्कृष्टता सम्मान
एटीएम बैंकिङ उत्कृष्टता सम्मान

सन् १९८७ मा सुरु गरिएको कस्टमर सर्भिस इन्डेक्स ९सीएसआइ० को आधारमा सर्वेक्षणका आधारमा वार्षिक रुपमा सम्मानितहरु घोषणा गर्ने प्रचलन छ । यस वर्ष गरिएको करिब ५० हजार सर्वेक्षणका आधारमा सम्मानित गरिएको हो । क्यानाडामा क्रेडिट युनियनमा कुल ५८ लाख सदस्य आबद्ध छन् ।
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।