बुधबार, वैशाख १२
१०:५६

कोरोना संक्रमणबाट सहकारी सञ्चालकको निधन 

आईतबार, कात्तिक २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको सदस्य संस्था बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य  गणेश कुमार ढकालको कोरोना संक्रमणका कारण आज राति २ बजे (कार्तिक २ गते आइतबार) निधन भएको छ । 

४६ बर्षिय ढकाल उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा रहेकै क्रममा कोरोना संक्रमण भएको थियो । उपचारका क्रममा करिब ३ हप्ता अस्पतालको शैयामा रहनुभएका ढकालको निधनको कारण कोरोना पुष्टि भएको साकोसका व्यवस्थापक हरिहर पौडेलले जानकारी गराउनुभयो । सहकारीकर्मी ढकाल २०५६ सालमा स्थापित कोशेली साकोसका संस्थापक सदस्य हुँदै २०७५ साल असार १ गते एकीकरण भई बनेको सिको साकोसको बर्तमान सञ्चालक हुनुहुन्छ । करिब २ दशक सहकारी अभियानमा क्रियाशील ढकालको निधनले सहकारी क्षेत्रले एक कुशल सहकारीकर्मी गुमाएको छ । साकोसका व्यवस्थापक पौड्यालले भन्नुभयो, “अभियानकै एक कुशल सहकारीकर्मी साथै सिको साकोसका अभिभावकको निधनले साकोस परिवार अत्यन्त शोकको घडीमा छ ।  

यस्तै अर्को दुखद् घटना, नेफ्स्कूनको सदस्य संस्था सुन्दरपुर साकोस, मोरङका अध्यक्ष कृष्ण प्रसाद दहालको सडक दुर्घटनामा परि २०७७ असोज २५ गते निधन भएको थियो । साकोस अभियानका सफल अभियन्ता अध्यक्ष दहालको असामयिक निधनबाट सहकारी क्षेत्र शोकमै छ । 

शोकको यस घडीमा साकोस आवाज परिवार दुवै मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सम्पूर्ण परिवारजनहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।      
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र