शुक्रबार, चैत्र १६
०१:०४

स्थापना दिवसका अवसरमा चिनारी साकोसको स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम 

आईतबार, जेठ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको चिनारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं स्थापना दिवसका अवसरमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । शिविरमा एक सय भन्दा बढी सदस्यहरुले सुगर परिक्षण गराएका थिए । त्यगैगरि रक्तदान कार्यक्रम अन्तर्गत रक्तदाताहरुबाट ७० पिन्ट रगत संकलन भएको थियो । 

उत्तरबाहिनी बोर्डिङ स्कुल र चिनारी नेपालको सहआयोजनामा भएको उक्त कार्यक्रमको संयोजन काठमाडौ बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) र ब्लड डोनर्स एसोसिएसन (ब्लोदान) को संयोजनमा भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसे र गोकर्णेश्वर न.पा. का मेयर दिपक कुमार रिसालको पनि उपस्थिति थियोे ।

२०६६ सालमा स्थापित समुदायमा आधारित चिनारी साकोसमा करिब २५ भन्दा बढी सेयर सदस्य छन् । साकोसको कुल सम्पती रु. २७ करोड ४९ हजार, शेयर पुँजि रु. २ करोड ६८ लाख, अन्य कोषहरु रु. ७७ लाख ९६ हजार, बचत संकलन रु. २० करोड ७१ लाख र ऋण लगानी रु.२१ करोड ९५ हजार रहेको साकोसले जनाएको छ ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण