शुक्रबार, वैशाख १४
०४:५५

सहकारी सद्भावना भ्रमणमा नेपाल आइपुगेका बङ्लादेशी सहकारीकर्मीलाई नेफ्स्कूनद्वारा स्वागत 

शनिबार, जेठ १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपालको सहकारी तथा साकोस अभियानबारे जानकारी लिन बङ्लादेशी बचत तथा ऋण सहकारीकर्मी र सरकारी अधिकारी सम्मिलित १४ सदस्यीय टोली ६ दिने सद्भावना भ्रमणका लागि आज दिउँसो काठमाडौं आइपुगेको छ । 

भ्रमणमा जिल्ला सहकारी कार्यालयका अधिकृतसहित बङ्गलादेशी केन्द्रीय बचत तथा ऋण सहकारी संघ लि.अर्थात् द कोअपरेटिभ क्रेडिट युनियन लीग अफ बङ्लादेश (कल्ब) का सञ्चालक तथा कर्मचारी, विभिन्न प्रारम्भिक बचत ऋण सहकारीका अध्यक्ष तथा कर्मचारी सम्मिलित छन् । बङ्गलादेशको सहकारी विभागका उप–रजिष्ट्रार भने आगामी सोमबार नेपाल आउने कार्यक्रम छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र द कोअपरेटिभ क्रेडिट युनियन लीग अफ बङ्लादेश (कल्ब) बीच विगत डेढदशक भन्दा अघिदेखि सौहार्दपूर्ण  पारस्परिक सम्बन्ध रहँदै आएको छ । दक्षिण एशियाका दुई असल छिमेकीका बचत ऋण सहकारीहरुका शीर्ष संघबीच एक अर्काको साकोस अभियानका असल अभ्यासहरु सद्भावना भ्रमणमार्फत आन्तरिकीकरण गर्ने संस्कृति विकास भएको छ । त्यसैको निरन्तरता स्वरुप दुई केन्द्रीय संघबीच भएको यो २७औं सद्भावना भ्रमण हो । गत वर्ष असारमा नेफ्स्कून र सरकारी अधिकारीहरु सम्मिलित टोलीले बङ्गालदेश भ्रमण गरेको थियो ।

टोलीलाई नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु र सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपालमा रहँदा बङ्लादेशी टोलीले सहकारी विभाग र नेफ्स्कूनका अतिरिक्त दोलखा, रामेछाप र काभ्रेका विभिन्न साकोसहरुको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र