शनिबार, वैशाख २२
०८:४४

सहकारीको छवि निर्माण गर्ने मुल उद्देश्यसहित सुनसरीमा जिल्लास्तरीय 'साकोस म्यानेजर्स क्लब' गठन

मंगलबार, जेठ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । बचत तथा ऋण सहकारी संस्थाहरुको ब्राण्ड अर्थात छवि कायम गर्ने मुल उद्देश्य सहित सुनसरीका बचत तथा ऋण सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापन प्रमुखहरुले म्यानेजर्स क्लब, सुनसरी गठन गरेका छन् ।

सुनसरी जिल्ला बचत संघले जेष्ठ ६ गते आयोजना गरेको वित्तीय व्यवस्थापन समिति र व्यवस्थापनको भूमिका विषयक अध्यक्ष र व्यवस्थापकको भेलाले किसान कल्याण साकोसका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

जिल्लाको बचत तथा ऋण सहकारी अभियानमा जागरण ल्याउने उद्देश्य सहित क्लब मार्फत सहकारी वीच सहकार्य, कर्मचारीहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन, सहकारी सञ्चालन समस्याको साझा समाधानका लागि पहल गर्ने लगायतका कार्यक्रमहरु अगाडि सारिने जनाएको छ ।

त्यसैगरि सहकारी सञ्जाललाई थप मजवुद वनाउने, त्रैमासिक रुपमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने, वार्षिक वजेट तथा रणनितिक योजना निर्माणका लागि सामुहिक छलफल गर्ने, सामाजिक तथा सामुदायिक कार्यक्रमहरुमा साझेदारी गर्ने, साकोसहरुमा वित्तीय व्यवस्थापनका विषयमा नियमित छलफल गर्ने, उत्कृष्ट कर्मचारीहरुका असल अभ्यासहरु आदानप्रदान गर्ने, सहकारी सञ्चालनका नयाँ कुराहरुको खोजी तथा सोको प्रयोग गर्ने,  डिजिटल प्लेटफर्म तयार गरी नियमित रुपमा सिकाई आदान प्रदान गर्ने, अन्तर सहकारी खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने लगायतका उद्देश्य क्लबको रहेको क्लबका अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । 

समितिको पदाधिकारी र सदस्यहरुमा विभिन्न साकोसका व्यवस्थापन प्रमुखहरु शोभा धमला, विवस पौडेल, उपेन्द्र घिमिरे, सुनिता श्रेस्ठ, अनिता गुरुङ, सनिता बास्तोला, टंक बहादुर सुनुवार, पहलत शाह, त्रिलोचन ढकाल र योगेन्द्र पौडेल रहनुभएको छ । त्यसैगरि सल्लाहकारमा सुमन सुवेदी, विमल श्रेष्ठ र कुमार निरौला चयन हुनुभएको छ । 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?