बुधबार, वैशाख १२
०५:००

अथर्व साकोसको आयोजनामा एघारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

शुक्रबार, वैशाख २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

चितवन । अथर्व साकोस, भरतपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा नारायणी दोस्रो समुह चितवनमा एघारौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बैशाख २८ गते  सम्पन्न भएको छ । कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्राबेसनमा आबद्ध चितवन जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक/सदस्य र व्यवस्थापकका साथै संस्थाको सहायक स्तरको कर्मचारी र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५५ जना को उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक साकोसका अध्यक्ष भरत प्रसाद दवाडीको अध्यक्षता र नेफ्स्कूनको लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाको प्रमुख आतिथ्यता, नेफ्स्कून सञ्चालक सदस्य तथा चितवन जिल्ला बचत संघको अध्यक्ष विद्या कोईराला, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष भक्तिराम अधिकारीेको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रमका सहभागी बक्ताहरुले सहकारी संस्थाहरुले चालु आ.व.को आर्थिक गतिविधि समापन गरी नयाँ आर्थिक बर्ष प्रारम्भको अवसरमा रहेको हुनाले संस्था सञ्चालनमा झनै सजग रहनुपर्ने बताउनुभएको थियो । सहकारी विभागका समय सापेक्ष सम्प्रेषित निर्देशन र परिपत्रको पूर्ण परिपालनामा ध्यान दिन साकोसहरुमा अनुरोध गरिएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र