बिहीबार, वैशाख १३
०१:२६

सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी निर्देशन २०७४ ; सहकारी संघ संस्थाहरुले जान्नै पर्ने १० विषयहरु

बिहीबार, साउन ३०
saccosaawaj

विषय प्रवेश :


नेपालमा पहिलो पटक सहकारी संघ संस्थामा सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धि निर्देशन जारी भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को परिधिभित्र रहि सहकारी विभागले वि.सं.२०७४ माघ १५ गते यो निर्देशिका जारी गरेको हो । वि.सं.२०६४ मा जारी भएको सम्पत्ति शुद्धीकरण ऐन र २०७३ मा जारी भएको नियमावली अन्र्तगत रहि विभिन्न बैक तथा वित्तीय संस्थाहरुले यस भन्दा अगाडि बाट नै यसको पालना गर्दै आए पनि सहकारीमा भने पहिलो पटक लागु भएको हो । खास गरि सहकारी क्षेत्रमा हुने वित्तीय कारोबारलाई स्वच्छ एवं पारदर्शिता कायम गर्दै वित्तीय प्रणालीलाई संरक्षण गर्न यो निर्देशिका जारी गरेको पाईन्छ । 


१, के हो सम्पत्ति शुद्धीकरण


सामान्यतया गैरकानुनी रुपमा आर्जित धनलाई रुपान्तरण गर्दे बैध बनाउने प्रयास नै सम्पत्ति शुद्धीकरण हो । अर्को अर्थमा कुनै कसुरजन्य वा आपराधिक कृयाकलापबाट आर्जित आम्दानीलाई बिभिन्न ढंगले कानुनी स्वरुप दिने प्रयास गर्ने वा गैरकानुनी सम्पतिको वास्तविक उत्पति वा स्रोत लुकाउने, छिपाउने एवं बिभिन्न बित्तिय कारोवारको माध्यमबाट नयां कानुनी स्रोत सिर्जना गर्ने प्रयास हो शुद्धीकरण । समग्रमा कालो, कानुनी दाग लागेको, अशुद्ध धनलाई धोई पखाली, सफा देखाउने अभ्यास नै सम्पत्ति शुद्धीकरण हो । 


२, सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाको उद्धेश्य 


खासगरि सम्पत्ति शुद्धीकरण निवारण निर्देशिकाको उद्देश्य बैंक तथा वित्तीय क्षेत्र तथा सहकारीलाई प्रयोग गरी कुनैपनि अनाधिकृत वा स्रोत नखुल्ने किसिमका आर्थिक कारोवारहरु हुन नदिने हो । त्यसरी नै गैरकानुनी क्रियाकलाप तथा राजश्व चुहावट नियन्त्रण गर्न सहकारीको माध्यमबाट सहयोग गर्ने र राजश्व तथा कर छलीको अन्त्य गर्न समेत यसको महत्व रहेको छ । शंकास्पद कारोवारबाट भबिष्यमा पर्न सक्ने जोखिम तथा  कानुनी कारबाहीबाट सहकारी संस्थालाई जोगाउन साथै सहकारी क्षेत्रलाई प्रयोग गरी कालो धनलाई सेतो बनाईन्छ भन्ने मानसिकताको व्यवहारिक प्रतिवाद गरी सहकारी अभियानको मर्यादा उच्च बनाउन समेत यसको लागु गरेको पाईन्छ । 


३, सदस्य पहिचान कसरि गर्ने


सहकारी सदस्य केन्द्रित व्यवसाय हो । २०७४ आषाढ मशान्त सम्म सहकारी संघ संस्थामा ३४ हजार बढी सहकारी संघ संस्थाहरु र ६३ लाख बढी सदस्यहरु आवद्ध रहेको पाईन्छ । जसमा एउटै सहकारीमा एक सयदेखि १ लाख सम्म सदस्य रहेका छन् । सहकारीको कारोबार वृद्धिसंगै सदस्य समेत बढ्दै गईरहेको सन्दर्भमा संस्थामा आवद्ध सदस्यहरुको सहज रुपमा पहिचान गर्ने र त्यसको रेकर्ड कायम गर्ने विषय जटिल बन्दै गईरहेको छ । जसको लागि यो निर्देशिकामा सदस्य पहिचान तथा सम्पुष्टि सम्वन्धि व्यवस्था गरिएको छ । जस अन्र्तगत सदस्यहरुको विस्तृत विवरण झल्कने सदस्य पहिचान फारम ९प्लयध थ्यगच ःझदभच प्थ्ः० को अनिवार्य व्यवस्था, बास्तविक धनी तथा हिताधिकारीको पहिचान, ल्याप्चे छापको अनिवार्यता, बाल बचत खाता सञ्चालन गरेको भए अविभावकको अनिवार्य ल्याप्चे छापको समेत व्यवस्था गरेको छ । साथै कुनै पनि व्यक्ति वा संघ संगठनको नाम, ठेगाना, प्रमाण, पेशा, परिवार र रहनसहनको एकिन जानकारी नभई कसैलाई सदस्य दिन नहुने कानूनी व्यवस्था र विवरणहरु पेश गर्दा वा सो मा परिवर्तन गर्दा सदस्य स्वयं उपस्थित हुनुपर्ने अनिवार्यतालाई पनि यो निर्देशिकामा कडाईका साथ व्यवस्था गरेको छ ।


    त्यसरी नै संस्थामा उच्च पदस्थ व्यक्तिहरुको लागि संलग्नता रहेको भए सोको विवरण अधावधि राख्ने, ती अधिकारीहरुको हकमा निज पदबाट अवकास वा मुक्त भएको मितिले कम्तिमा ५ वर्षसम्म कायम राख्नुपर्ने व्यवस्था गरेको छ । साथै विधमान रहेको सदस्यहरुको हकमा २०७५ चैत्र मशान्त सम्ममा सम्पुष्टि गरिसक्नु पर्ने व्यवस्था गरेको छ । जसको लागि उच्च जोखिम भए निर्देशन जारी भएको ९ महिना भित्र र अन्यको हकमा प्राथमिकता क्रम बमोजिम अधावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । 


४, जोखिम व्यवस्थापन गर्ने उपाय के हो ?


सदस्य पहिचान गर्ने क्रममा उच्च, मध्यम र न्यून गरि पहिचान गरिनु पर्दछ । उच्च जोखिम भएका सदस्यको हकमा कम्तीमा वर्षमा १ पटक, मध्यम जोखिमको हकमा २ वर्षमा १ पटक र न्यून जोखिम भएका सदस्यको हकमा ३ वर्षमा १ पटक अधावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । सदस्यले पेश गरेको विवरण र आर्थिक हैसियत मिल्छ मिल्दैन, उनी बास्तविक धनी हो वा होईन, सदस्यको कारोबारमा अन्य व्यक्तिको प्रभाव वा दवाव छ कि ? सदस्यको आम्दानी र स्रोत कत्तिको स्वभाविक देखिन्छ आदि विषयमा सुक्ष्म रुपमा रेकर्ड राख्नुपर्ने कानूनी व्यवस्था गरिएको छ ।

 
    यस क्रममा राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याँकन, पदीय तथा संस्थागत र सदस्यहरुको आर्थिक अवस्थामा आएको परिवर्तन र संस्थाले देखेको अन्य उपयुक्त आधारहरुको समेत मूल्याँकन गरि व्यवस्थापन गरिनुपर्दछ । 


६, के हो सीमा कारोबार र असामान्य कारोबार ?


सहकारी संस्थामा सदस्यले गर्ने शेयर, बचत, ऋण, सापटी तथा रेमिटान्स कारोबारको समेत रेकर्ड हेरि व्यवस्थापन गर्नुपर्दछ । सीमा कारोबार सम्वन्धमा नेपाल राष्ट्रबैकले तोके बमोजिम हुने कानूनी प्रावधान समेत रहेको छ । यो निर्देशिकाले एकैपल्ट वा पटक पटक गरि वार्षिक रु.३० लाख भन्दा बढीको बचत जम्मा वा कर्जा भुक्तानी, विप्रेषण, शेयर खरिद आदिलाई असामान्य कारोबारमा रुपमा किटानी गरिएको छ । त्यसैगरि एकैपल्ट वा पटक पटक गरि एक दिनमा रु.१० लाखभन्दा बढीको कारोबार गरेमा वा एकैदिन १० लाख भन्दा बढीको विधुतीय वा अन्य स्थानान्तरण वा भुक्तानी गर्दा समेत स्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्था गरेको हुँदा सहकारीले गर्ने हरेक आर्थिक गतिविधीमा विशेष ध्यान दिन समेत जरुरी देखिन्छ । 


७, कार्यविधी निर्माण र जिम्मेवारी बहन


सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकाले व्यवस्था गरेको अर्को महत्वपूर्ण कार्य भनेको सहकारी संघ संस्थाले यो निर्देशिकाको अधिनमा रहि आन्तरिक कार्यविधी निर्माण र सञ्चालन हो । जसलाई संस्थाको वार्षिक साधारण सभाबाट पारित गराई लागु गर्नुपर्दछ । संस्थाको आन्तरिक कार्यविधी निर्माण गर्दा सहकारीको दर्शन, सिद्धान्त, मूल्य मान्यता, सम्पत्ति शुद्धिकरण ऐन नियमावली, सहकारी ऐन नियमावलीको मूल मर्मलाई समेत आत्मसात गर्नु पर्ने व्यवस्थालाई स्पस्ट साथ उल्लेख गरिएको छ ।


त्यसैगरि कार्यविधी निर्माण गर्दा आन्तरिक जिम्मेवारी र कार्यविभाजन, सदस्यको पहिचान र अधावधिकरण, जोखिम मूल्याँकन तथा व्यवस्थापन, अनुगमन पद्धती, प्रतिवेदन पद्धति, भौतिक उपकरणहरुको व्यवस्था, आन्तरिक नियन्त्रण तथा सुपरिवेक्षण प्रणाली कस्तो हुने, कर्तव्य पालना तथा अनुशासनको कारवाही र अभिलेख सम्वन्धी स्पस्ट साथ व्यवस्था गर्न समेत सुझाएको छ । 
जिम्मेवारी वहन गर्ने क्रममा ऐन बमोजिम एकजना व्यवस्थापनस्तरको कर्मचारीलाई कार्यान्वयन अधिकारीको रुपमा नियुक्ती गर्नुपर्दछ । जसको नाम, ठेगाना, सम्पर्क नं. इमेल आदि नेपाल राष्ट्रबैकको मातहतमा रहने वित्तीय जानकारी ईकाईमा पठाउने र कार्यविधीमा व्यवस्था भए बमोजिम कार्यान्वयन अधिकारीलाई काम कर्तव्य र अधिकारको बारेमा स्पस्ट खोलि पत्र दिनुपर्दछ । त्यसरी नै सञ्चालक समितिले कम्तिमा ६ महिनामा एकपल्ट ऐन, नियमावली र निर्देशिका बमोजिम भए गरेका काम कार्वाहीको बारेमा समीक्षा गर्ने व्यवस्था मिलाउनु पर्दछ । 


८, निर्देशिका पालना नगर्दा के कारबाही  हुन्छ ?


सहकारी विभागद्धारा जारी निर्देशिका बमोजिम यसको प्रभावकारी कार्यान्वयन र पालना नगर्ने सहकारी संघ संस्था र त्यसका कर्मचारी तथा पदाधिकारीहरुलाई विविध किसिमको कारबाहीको दायरामा बाँधेको छ । जस अन्र्तगत नीति तथा कार्यविधी नभएमा लिखित रुपमा सचेत गराउनेदेखि ३० लाख सम्मको जरिवाना र संस्था खारेजी, पहिचान सम्वन्धी व्यवस्था कार्यान्वयन नभएमा सचेत गराउनेदेखि १० लाख सम्मको जरिवाना र संस्था खारेजी सम्मको कारबाही, बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाईएमा ३० लाखदेखि ५ करोड सम्मको जरिवाना, ऐनको परिच्छेद ६ख को व्यवस्था पालना नभएमा २० लाख देखि ५ करोडसम्म जरिवाना, उच्च पदस्थ व्यक्तिको पहिचान हुने प्रणालीको व्यवस्था नभएमा सचेत गराउनेदेखि ३० लाख सम्मको जरिवाना, बास्तविक धनीको पहिचान र अधावधिक गर्ने व्यवस्था नभएमा १० लाखसम्मको जरिवाना, जोखिम व्यवस्थापन भएको नपाइएमा ३० लाख सम्मको जरिवाना तोकेको छ ।  


त्यसैगरि निरन्तर अनुगमन सम्वन्धी व्यवस्था नभएमा १५ लाख सम्मको जरिवाना, सीमा कारोबारको पहिचान गर्ने प्रणाली नभएमा ३० लाख सम्मको जरिवाना र संस्था खारेजी सम्मको कार्वाही, शंकास्पद कारोबारको पहिचान गर्ने प्रणाली नभएमा २० लाख सम्मको जरिवाना, कार्यान्वयन अधिकारीको व्यवस्था नभएमा १० लाख सम्मको जरिवाना र संस्था खारेजीको कार्वाही, सञ्चालक समितिले गर्नुपर्ने समीक्षा नगरेमा तथा संस्थागत तथा कर्मचारीको क्षमता विकासको कार्य नगरेमा लिखित रुपमा सचेत गराउनेदेखि कर्जा प्रवाहमा सीमा तोक्ने सम्मको कार्वाही, त्यसरी नै तोकिएको विवरणहरुको अभिलेख नराखेमा ३० लाख सम्मको जरिवाना र संस्था खारेजी सम्मको कार्वाही तोकिएको छ भने सीमा वा शंकास्पद कारोबार प्रतिवेदन समयमा नपठाएमा रु.१० लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । 


९ , प्रतिवेदन तयारी र यसको व्यवस्थापन
निर्देशिकाले व्यवस्था गरे बमोजिम सबै सहकारी संघ संस्थाहरुले सीमा कारोबार सम्वन्धमा त्यस्तो कारोबार भएको १५ दिनभित्रमा वित्तीय जानकारी ईकाइमा पठाउनु पर्नेछ । त्यसरी नै शंकास्पद कारोबारको हकमा भने ३ दिनभित्रमा पेश गर्नुपर्ने व्यवस्था छ भने यो निर्देशिका बमोजिम समपादन गरेका अन्य चौमासिक प्रतिवेदन तोकिएको ढाँचामा अवधि व्यतित भएको ७ दिनभित्र वित्तीय जानकारी ईकाईमा पठाउनुपर्नेछ ।


९  , सम्पत्ति शुद्धीकरण हुँदा हुने असर
सम्पत्ति शुद्धीकरण हुँदा आर्थिक तथा सामाजिक क्षेत्रमा विविध असर पार्ने देखिन्छ । खासगरि पारदर्शिता घट्ने, वित्तीय स्थायित्वलाई नष्ट पार्ने, स्थायित्व र पूर्वानुमान गर्न नसकिने वातावरण सिर्जना हुने, आर्थिक लगानीलाई दुरुत्साहन गर्ने, पुंजी पलायनलाई बढावा दिने आदि प्रत्यक्ष रुपमा असर देखिन्छ । त्यसरी नै यसले व्यापार घाटा बढाउने, नियमन, सुपरिवेक्षण र कानुनी कारवाही ध्वस्त गर्ने, विनिमय दरलाई अस्थिर पार्ने, विदेशी विनिमय दुरुपयोग बढाउने, विश्वासको वातावरण गुम्ने, अपराध र अपराधी शक्तिशाली बन्ने जस्ता कार्यहरु हुने भएकोले सहकारी क्षेत्रले समेत ससक्त रुपमा सम्पत्ति शुद्धीकरण हुने क्रियाकलापलाई निरुत्साहित गर्न यस सम्वन्धी कानूनको अनिवार्य पालना गर्न जरुरी देखिन्छ । 


१० , एकिकृत व्यवस्थापन सूचना प्रणाली र अभिलेख व्यवस्थापन
एकिकृत व्यवस्थापन सूचना प्रणाली सहकारी संस्थाको तथ्याँकहरुलाई एकै ठाँउबाट हेर्न सक्ने गरि व्यवस्थापन गरिएको सूचना प्रणाली हो । जसलाई कोपोमिस सफ्टवेयरबाट व्यवस्थित गर्न खोजेको देखिन्छ । यो व्यवस्था अन्र्तगत रु.५ करोड वा सो भन्दा बढी रकमको जायजेथा भएको संस्थाले तीन वर्षभित्र मन्त्रालयले स्वीकृत गरेको एकिकृत व्यवस्थापन सूचना प्रणालीमा आवद्ध हुनुपर्ने छ भने संस्थाले तोकिएको ढाँचामा तयार गरेको विभिन्न प्रतिवेदनहरु, अभिलेख, सूची, विवरण ५ वर्षसम्म सुरक्षित राख्ने, व्यवस्थापनको लागि जिम्मेवारी तोक्ने, अनधिकृत पहुँच नहुने व्यवस्था मिलाउने र रु.५ करोडभन्दा बढी जायजेथा भएको सहकारीले अग्नि कवच दराजको व्यवस्था गर्ने आदि कार्यहरु गर्नुपर्ने कानूनी प्रावधान तोकेको पाईन्छ । 


१०, अबको बाटो
उपरोक्त विषयहरु अध्ययन गर्दा सरकार सहकारी क्षेत्रमा हुन सक्ने वित्तीय दुघर्टनालाई न्यूनीकरण र सुरक्षित गर्न चाहन्छ । त्यसरी नै सहकारीको बाटो हुदै सम्भावित सम्पत्ति शुद्धीकरणलाई रोक्न यो निर्देशिका अनिवार्य परिपालना गर्नुपर्ने देखिन्छ । तसर्थ सहकारी ऐन बमोजिम दर्ता भई कार्यरत सहकराी संघ संस्थाले यथाशीघ्र सम्पत्ति शुद्धीकरण निवारण कार्यविधी निर्माण गर्ने, सोहि बमोजिम कार्यान्वयन अधिकारी तोक्ने, केन्द्रिय व्यवस्थापन सूचना प्रणालीमा आवद्ध हुने, सदस्य पहिचान र वास्तविक धनीको पहिचान गर्ने व्यवस्था मिलाउने, निर्देशिकाले तोकेको ढाँचामा प्रतिवेदन तयार गर्ने र वित्तीय ईकाईमा पेश गर्ने आदि कार्यहरु गर्नुपर्दछ । यसको लागि केन्द्रिय संघहरुले यथाशीघ्र अविभावकीय भूमिका निर्वाह गर्ने, यसको लागि सहकारी संस्थाहरुमा यस सम्वन्धि अभिमुखिकरण कार्यक्रमहरु सञ्चालन गर्ने, सञ्चालक र कर्मचारीहरुलाई विशेष तालिमको व्यवस्था गर्ने र यसको लागि सरकारी निकाय र सहकारी क्षेत्रबीचको सहकार्य अनिवार्य देखिन्छ । 
जय सहकारी ।।
 

saccosaawaj media

साकोसमा वस्तु तथा सेवा विकास, दीगो साकोस निर्माणको आधार

बिहीबार, साउन ३०

नेपालको सहाकरी अभियानको संख्यात्मक विकास संगै थुप्रै सकारात्मक र नकारात्मक प्रभावहरुसमेत देखिएका छन् । संस्था खोल्नु भन्दा जोगाउने चुनौति छ । हाल नेपालमा कुल ३४८३७ सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा रहेकोमा १४ हजार हाराहारी (यकिन तथ्याङ्क प्रकाशन हुन बाँकी) बचत तथा ऋण सहकारी संस्थाहरु रहेकाछन् । ४ हजार भन्दा बढी संख्यामा रहेका बहुउद्देश्यीय र ९ सयको संख्यामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुसमेत बचत तथा ऋणको कारोबारमा केन्द्रित छन् ।

saccosaawaj media

बचत ऋण अभियानमा स्थिरीकरण कोष

बिहीबार, साउन ३०

बचत ऋण सहकारीहरुले सदस्यका आवश्यकताका वित्तीय सेवाहरु सदस्यमा आधारित भइ विकास तथा प्रवाह गरि रहेका हुन्छन् । बचत ऋण सहकारीहरुको सञ्चालन सहकारी सिद्धान्त, मुल्य, मान्यता तथा असल अभ्यासहरुवाट निर्देशित भएको हुन्छ । अन्तराष्ट्रिय सहकारी महासंघ तथा विश्व ऋण परिषद्का मार्ग दर्शनमा बचत ऋण अभियान सञ्चालन भएको पाइन्छ । बचत ऋण अभियानमा वित्तीय बजारको राम्रो नराम्रो वातावरणको प्रत्यक्ष प्रभाव परेको हुन्छ । नेपाल जस्तो विकासशिल देशको वित्तीय वातावरण स्थिर नरहने र वित्तीय बजारमा देखिने अस्थिरताको प्रभाव बचत ऋण सहकारीहरुमा पर्ने, संख्यात्मक हिसाबमा अत्याधिक बढि रहेका बचत ऋण सहकारीहरुको व्यवसायिक छबी सुधार तथा सुरक्षण आजको सबैको सरोकारवालाहरुको चिन्ताको बिषय भएकोछ । 

saccosaawaj media

साकोसमा शुसासन ब्यवस्थापन र लेखा सुपरीवेक्षण समितिको भूमिका

बिहीबार, साउन ३०

साकोसमा  सुशासनब्यवस्थापन  साकोसको नीतिगत व्यवस्था तथा साकोसमा संलग्न व्यक्तिहरूको नैतिक व्यवहार  आचरण कार्यशैली र पद्धति विचको तालमेलहो  । साकोसको सुशासनको लागि प्रतिबद्धता,  आफ्नो काम प्रतिको जवाफदेहिता , सञ्चालक समितिसम्बन्धी व्यवस्था, समिति तथा कर्मचारीहरूको कार्य मूल्याङ्कन, बाह्य लेखा परीक्षक, वार्षिक प्रतिवेदन, सदस्यता तथा साधारण सभा, आचारसंहिताको स्तर, नीतिको पारदर्शिता, कानूनी दायित्व, आचारसंहिता तथा नीतिहरूको पुनरावलोकन संग जोडिएका  विषयहरुको समोचित परिपालना र कार्यान्वयको समष्टिगत रुप शुसाशन ब्यवस्थापन  भित्र समावेश भएको हुन्छ ।