शुक्रबार, वैशाख ७
०२:०८

साकोसको सदस्य सक्षमता विकास तालिम सञ्चालन

आईतबार, वैशाख १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । लेटाङका दुई बचत तथा ऋण सहकारी संस्थाले संयुक्त आयोजनामा सदस्य सक्षमता विकास तालिम सञ्चालन गरेका छन् । लेटाङमा सञ्चालित संसेवन बचत तथा ऋण सहकारी संस्था लि.र जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को संयुक्त आयोजना रहेको तालिमको प्राविधिक सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले गरेको थियो । वैशाख ८ देखि ९ गतेसम्म सञ्चालित दुई दिवसीय तालिममा दुवै बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थापक अध्यक्ष एवम् सल्लाहकारहरु, उपसमिति सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण बचत संघका बरिष्ठ उपाध्यक्ष एवम्  प्रशिक्षक एकराज निरौलाले गर्नुभएको थियो । 

तालिमको समापन लेटाङ नगरपालिकाका प्रमुख  भुपेन्द्र कुमार लावतिले गर्नुभएको थियो । समापन कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष डम्बर ब. राई, मोरङ जिल्ला बचत संघका तालिम अधिकृत राम कुमार दाहाल, नेफ्स्कून लेटाङ सेवा केन्द्र ईन्चार्ज गणेश भण्डारी लगायतको उपस्थिति रहेको थियो ।  

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण