बिहीबार, वैशाख १३
०८:१८

सदस्यको बचत सुरक्षाको लागि बजार प्रतिनिधि सचेतना तालिम 

शनिबार, वैशाख ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरले संस्थागत विकास उपसमितिको आयोजनामा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । 

संघका उपाध्यक्ष हरि बल्लले बजारमा संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मनासिकताको विकास भएको बताउदै उहाँले सदस्यलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान सीप संस्थाको विकासका साथै व्यक्तिगत जिवनमा पनि प्रयोग गरी व्यक्तिगत उन्नती तथा प्रगतिमा लगाउनुपर्नेमा जोड दिनुभयो । 

तालिमको सहजीकरण संघका व्यवस्थापक बालकृष्ण धोजुले गर्नुभएको थियो । 

तालिममा सहभागीहरुले छोटो समुह कार्य, प्रवचन, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिम प्रभावकारी भएकोले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धिमा धेरै सहयोग पुगेको बताए । तालिममा सदस्य संस्थामा कार्यरत २० जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिम समापनको संचालन  संघका कर्मचारी राजन कासिछ्वाले गर्नुभयो ।

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण