बिहीबार, वैशाख १३
०६:२७

घामपानी साकोस र मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा

बुधबार, वैशाख ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पोखरा । घामपानी बचत तथा ऋण सहकारी संस्था लि. पोखराले सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा प्रदान गर्ने उद्देश्यले मणिपाल शिक्षण अस्पतासँग दिपक्षिय सम्झौता गरेको छ । नयाँ बर्ष २०८० सँगै सदस्य मैत्री सेवा प्रवाहलाई अझ व्यापक बनाउने योजना अनुरुप साकोसले सदस्यहरुको सम्पूर्ण उपचारमा परिचयपत्रका आधारमा छुट सुविधा उपलब्ध गराउने सहमति भएको साकोसका प्रवन्धक रबिन्द्र तिवारीले जानकारी गराउनुभयो । 

सदस्यहरुलाई स्वास्थ्य उपचारका क्रममा छुट सुविधा उपलव्ध गराउने गरी भएको सम्झौता अनुरुप दर्ता शुल्कमा १००%, सामान्य बेडमा २५%, नियमित जाँच तथा प्याथोलोजिमा १५%, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अपरेसनमा १०%, विशेष अनुसन्धान (CT SCAN, MRI) मा १०% छुट सुविधा पाउने र डाक्टरको परामर्शका लागि कुनैं शुल्क नलाग्ने साकोसले जनाएको छ । 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण