शुक्रबार, चैत्र १६
०८:४७

‘म, मेरो परिवार र समाजका लागि सहकारी’

सोमबार, चैत्र २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समान कार्य वा सँगसँगै काम बुझिन्छ । यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई सहकारी भनिन्छ । प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो । एेंचोपैंचो, अर्मपर्म, धर्म भकारी, गुठी जस्ता प्राचिन परम्परा सहकारीकै रुप हुन् । आधुनिक सहकारीको सुरुवात भने रोबर्ट ओवेनद्वारा उन्नाइसौं शताब्दी पूर्वाद्ध सन् १८४४ मा बेलायतबाट भएको हो । सहकारीको मुलभूत उद्देश्य व्यक्ति, परिवार र समाजको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु वा प्रदान गर्नु हो । 

सहकारीको उद्देश्य निम्न छन् :

न्यायिक उद्देश्य : 

उपलब्ध स्रोत र साधन सीमित वर्ग र व्यक्ति विशेष एकत्रित हुन नदिई सम्पूर्ण वर्ग र व्यक्तिलाई समानरुपले वितरण गरी उपलब्ध आर्थिक उपयोग गर्नदिनु नै सहकारीको न्यायिक उद्देश्य हो ।

आर्थिक उद्देश्य : 

समाजका व्यक्ति तथा समुदायको सदस्यलाई आयमुलक, सीपमुलक र उत्पादनशील व्यवसाय सञ्चालन गरी उनीहरुको आर्थिक बृद्धि गर्नु सहकारीको आर्थिक उद्देश्य हो । 

सामाजिक उद्देश्य :

समुदायमा व्याप्त रहेको बेरोजगारी, गरिबी, आर्थिक शोषण, अन्याय, अत्याचार र दमनलाई न्यून पारी एक आदर्श समाज निर्माण गर्नु सहकारीको सामाजिक उद्देश्य हो ।

शैक्षिक उद्देश्य :

समाजमा रहेका व्यक्तिको चेतना विकास गर्नु, सहकारी शिक्षा, तालिम र परामर्श दिनु नै सहकारीको शैक्षिक उद्देश्य हो । सहकारीको आर्थिक कारोबार गरे वापत बचत भएको रकमको केही अंश शिक्षा, गोष्ठी र सेमिनार जस्ता शैक्षिक क्रियाकलापममा खर्च गरी एक शिक्षित समाज निर्माण गर्नु हो । 

पूर्विय सम्भताको वैदिक वाङ्मयमा भनियअनुसार ‘ॐ सह नाववतु, सह नौ भुनक्तु, सह वीर्यं करवावहै’ अर्थात सहकार्यमा जुट्न, जगारुक बन्न सहयात्रा गरौं, सबैमा समभाव राखौं, सम्पूर्ण संसारलाई एउटा परिवार मानौं भन्नुनै सहकारीको मूल चेतना हो । 

वास्तवमा सहकार्यबाट व्यक्तिलाई आत्मनिर्भर बनाउने, समुदायको दिगो विकास गर्ने उद्देश्यले सहकारीको अवधारणा आएको हो । नेपालमा पनि व्यक्तिलाई सहयोग गर्ने, आर्थिक समृद्धि गर्ने र दिगो विकास गर्ने उद्देश्यका लागि संगठन हुने कार्यको थालनी भएको धेरै समय भइसकेको छ । सरकार स्तरमा तत्कालिन योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभाग वि.सं. २०१० सालमा स्थापना भएपछि वि.सं. २०१३ सालमा चितवनमा स्थापना भएको बखान ऋण सहकारी समिति नेपालको पहिलो सहकारी संस्था हो । स्वतन्त्रताको लागि स्वावलम्बन, सम्मुन्नतिका लागि पारस्परिकता र दुवैका लागि सहकारिता सहकारीको मुल नारा हो । सहकारीले गर्दा आम जनसमूहमाझ छरिएर रहेको पुँजी, प्रतिभा र प्रविधिको एकिकृत उपयोग भई यसबाट आर्थिक उन्नति हुने भएकाले यसमा न्यून पुँजी भएका व्यक्तिहरु पनि आवद्ध हुन सक्छन् । न्यून पुँजी भएका व्यक्तिलाई ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेझैं यस सहकारीमा आवद्ध भएर एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ । सहकारीले सबै आर्थिक स्तरका व्यक्तिलाई समेट्ने भएकाले विकसित विकासोन्मुख र अविकसित सम्पूर्ण देशमा यसको धारणा आएको हो । आर्थिक स्तरले न्यून पुँजी भएको व्यक्तिलाई सहकारीले प्राथमिकता दिने भएकाले समानुपातिकका लागि सम्मुनति र नेपाल जस्तो विकासोन्मुख देशका लागि यो संस्था निकैनै आवश्यक रहेको छ । त्यसैले लगभग एक करोड जनसंख्या सहकारीमा आबद्ध छन् भने धेरै घर, परिवार र समाज प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस संस्था सँग जोडिएका छन् । सहकारीमा कुल जनसंख्या आबद्ध मध्ये ५६% महिला र ४४% पुरुष रहेकाले सहकारीले महिला सशक्तिकरणमा जोड दिन्छ भन्ने कुरा पनि पुष्टि हुन्छ ।

सहकारीबाट घर सुधार्ने, परिवार सुधार्ने, परिवार हुँदै समाज र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक आयाममा सुधार ल्याउन सम्भव छ । यसकारण म, मेरो परिवार र समाज सहकारीमार्फत देश विकासमा नयाँ गोरेटो सिर्जना गर्नसकिन्छ भन्नेमा विश्वस्त छौं । 

नेपाली समाजको आर्थिक विकासका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा केहि बर्ष भित्रका सहकारीले गरेको विभिन्न कार्यबाट हेर्न सकिन्छ । यसैले समाजको हरेक क्षेत्रमा सहकारीको आवश्यकता सबैमा महसुस भएको पाईन्छ । नेपाल सहकारी विभाग २०७७ को तथ्याङक अनुसार नेपालमा २९८८६ सहकारीहरु सञ्चालन हुँदै आएको  छ । अहिलेको समाजमा केहीले सहकारीको नाम दिई सहकारीको मुल्य, मान्यता र सिद्धान्त पूर्णतः उपेक्षा गरी व्यक्तिगत स्वार्थलाई माथि उठाइ सहकारी सञ्चालन गर्दै आएका छन् । उनीहरुले संस्थालाई एकाधिकार गरी रकम हिनामिना सम्म गरेर साधारण जनतालाई ठगेका पनि छन् । यस्ता नकरात्मक कार्य गर्ने व्यक्ति र सञ्चालकलाई हाटाउन र जोगाउन विगत लामो समयदेखि काम गर्दै आएका एक प्रतिष्ठित सहकारीले र सरोकारवाला अर्थात् सरकारको चासो समेत गई जनतालाई सचेत गरिने काम गरिएको छ । त्यसैले यस्ता नकरात्मक पक्षलाई हटाउन सकियो भने सहकारीबाट देशमा परनिर्भरता घटी आत्मनिर्भरता संस्कृति ल्याई देशको आर्थिक विकास गर्न र अर्थतन्त्र सुदृढ गर्न सकिन्छ ।

यसरी हेर्दा सहकारी ऐन, २०७४ मा उल्लेख भए अनुसार यसको उद्यमशीलताको क्षेत्रहरु, कृषि, पशुपालन, वन, वातावरण, विद्यालय, स्वास्थ्य, यातायात, सञ्चार, पर्यटन, जग्गा तथा आवास, जडीबुटी आदि मानिन्छन् । उर्वर भूमिले सम्पन्न एवं अपार जलस्रोतको खानी साथै अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालमा सहकारीको सम्भाव्यता व्यापक छ भन्नेमा दुईमत छैन । सहकारी अर्थतन्त्रको बलियो आधार हो र यसबाट देश विकास हुनमा पनि मुख्य भुमिका खेलेको छ । तसर्थ, सहकारीबाट म , मेरो परिवार, समाज र राष्ट्रमा आमूल परिवर्तन आउन सक्छ भन्नेमा म पूर्ण विश्वस्त छु । यहि सहकारीले नेपाल विकासोन्मुख देश भनेर चिनिनबाट विकसित देश भनेर चाडै सुन्ने दिन पनि यहि सहकारीले ल्याउँछ र सम्पूर्ण घर परिवार, समाज र राष्ट्रमा सकरात्मक परिवर्तन समेत पनि सहकारीबाट हुन्छ । अतः सहकारीबाट घर सुधार्ने, परिवार सुधार्ने, परिवार हुँदै समाज र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक आयाममा सुधार ल्याउन सम्भव छ । यसकारण म, मेरो परिवार र समाज सहकारीमार्फत देश विकासमा नयाँ गोरेटो सिर्जना गर्नसकिन्छ भन्नेमा विश्वस्त छौं । 

(६६औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सर्लाही स्थिति सगुन साकोसले आईतबार आयोजना गरेको  ‘म, मेरो परिवार, समाज र सहकारी’ विषय माध्यामिक विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिता प्रथम स्थान हासिल गर्न सफल निवन्ध । निवन्ध लेखिका सेढाई ईश्वरपुर ६ सर्लाहीस्थित लालीगुराँस एकेडेमीकी कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । )
 

saccosaawaj media

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

आईतबार, साउन २५

सहकारी ऐन २०७४ को संशोधन र मुख्य कारोवारको सवाल

saccosaawaj media

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

सोमबार, साउन २६

सहकारी एकीकरण — अवसर र चुनौतिहरु

saccosaawaj media

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ

मंगलबार, साउन २७

युवा पुस्ता आकर्षित गर्न प्रविधिमैत्री सहकारी सेवामा जोड दिऊँ