शुक्रबार, वैशाख ७
११:३७

सहकारीलाई समस्याग्रस्त अवस्थामै पुग्न दिनु हुँदैनः डी.बी. बस्नेत

शनिबार, चैत्र १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रमा हाल सतहमा देखिएका समस्या समाधानका लागि संघहरुको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौं जिल्ला बचत संघका सञ्चालकहरुको क्षमता विकास तालिम समापनको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहकारीले समुदायस्तरमा नागरिकको आर्थिक, सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको र यसलाई चिरस्थायी बनाउन संघहरुमार्फत सामुहिक पहल जरुरी रहेको बताउनुभयो । उहाँले कानुनमा स्पष्ट व्यवस्था नहुँदा स्थानीय तहले सहकारीहरु समस्याग्रस्त घोषित गर्न नसकेको उल्लेख गर्दै सहकारी व्यवस्थापनका लागि कानुन संशोधन गरेर समितिको मातहत केन्द्रमा ल्याउनुपर्ने बताउनुभयो । 

काठमाडौ जिल्ला बचत संघका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित तालिम समापन तथा संक्षिप्त अन्तरक्रिया कार्यक्रमका अवसरमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका विज्ञ सदस्य डी.बी. बस्नेतले सहकारीका जिल्ला संघहरुले सहकारी आवद्धतालाई अनिवार्य गराएर समस्याग्रत बन्नै दिन नहुनेमा जोड दिनुभएको थियो । उहाँले संघ र अभियानको एउटैमात्र पहलकदमी कुनैपनि सहकारीलाई समस्याग्रस्त बन्ने अवस्थामा पुग्न नदिनुनै सबैभन्दा महत्वपूर्ण हुने भनाई राख्नुभएको थियो । 

चैत्र १७ र १८ गते सञ्चालित जिल्ला संघका सञ्चालकहरुको क्षमता विकास तालिमको सहजीकरण नेफ्स्कूनका सहकाय कार्यकारी अधिकृत एवम् शिक्षा तथा स्रोत केन्द्रका प्राचार्य सञ्जयराज तिमिल्सीनाले गर्नुभएको थियो । तालिममा संघका पदाधिकारी, सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव निरञ्जन सेढाईंले गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र