बिहीबार, वैशाख १३
०४:४०

जापान आर्थिक अनुसन्धान संस्थाका प्रतिनिधिद्वयलाई नेफ्स्कूनमा स्वागत

बिहीबार, चैत्र १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । जापानको आर्थिक अनुसन्धान संस्थाका बरिष्ठ परामर्शदाता द्वय Miyuki SATO र Masahito AOKI  ले आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वर भ्रमण गरी संघको व्यवस्थापन समूहसँग भेटवार्ता गरेका छन् । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुद्वारा उक्त टोलीलाई संघको कार्यालयमा अपरान्ह स्वागत गरिएको थियो ।

जापानको आर्थिक अनुसन्धान संस्थाद्वारा सञ्चालित कृषिमा आधारित आर्थिक विकास परियोजना अन्तर्गत कृषि विकास कार्यक्रमका लागि नेपाल आएका उनीहरुले नेपालका बचत तथा ऋण सहकारीहरुको शीर्षस्थ निकायको भ्रमण गरि संघका कार्य गतिविधिहरुबारे जानकारी लिएका थिए ।

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले संघको वस्तुस्थिति, वित्तीय कारोबार, पहुँच विस्तार, सदस्य सम्बन्ध, प्रविधि विकास, गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु, स्थिरीकरण कोष, अन्तर्राष्ट्रिय सम्बन्ध आदि बारे प्रस्तुतीकरण गर्नुभएको थियो । संघका सहायक कार्यकारी अधिकृत एव् वित्त तथा सामान्य प्रशासन विभाग प्रमुख राधेश्याम श्रेष्ठले सदस्य सम्बन्ध र साकोस सञ्जालिकरणको विषयमा जानकारी गराउनुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र