शुक्रबार, चैत्र १६
०२:५८

स्तरीकरण कार्यक्रममा आबद्ध मकवानपुरका ८ साकोसबीच असल सिकाई अभ्यास आदानप्रदान

बिहीबार, चैत्र ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । हातेमालो बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडाको आयोजनामा प्रोबेसन मध्य तराई छैटौं क्लष्टरको चौथो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला बुधबार सम्पन्न भएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशालाको उद्घाटन सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र जिल्ला बचत तथा ऋण सहकारी संघ की अध्यक्ष कल्पना श्रेष्ठको बिशेष आतिथ्यतामा भएको थियो । 

कार्यशालामा क्लष्टरमा आबद्ध महिला जनशक्ति, महिला सेवा, महिला कल्याण, बागेश्वरी महिला, माहामती, चौघडा, नवयुवा र आयोजक साकोस हातोमालो गरि ८ वटा  बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । 

कार्यक्रम सहजीकरण गर्दै नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले समसामयिक वित्तीय बजारमा आएको उतारचडाव, सहकारीले झेल्नु परेका असहज परिस्थिति र अहिलेको चुनौतीलाई न्यूनीकरण गर्न अपनाउनु पर्ने रणनीतिहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने ८ वटै साकोसका प्रतिनिधिहरुले आआफ्ना संस्थागत गतिविधि र वित्तीय अवस्थाबारे जानकारी गराउनुभएको थियो । 

आयोजक साकोसका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सचिव केशव धितालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आयोजक साकोसका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरु,  नेफ्स्कून मकवापुर फिल्ड कार्यालय ईन्चार्ज ज्योति महत लगायतको उपस्थिति थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र