शनिबार, वैशाख ८
०५:५४

राप्ती गाउँपालिकामा सहकारी सचेतना अभिमुखीकरण सञ्चालन

बिहीबार, चैत्र ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दाङ । राप्ती गाउँपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी सचेतना अभिमुखीकरण सञ्चालन गरिएको छ । राप्ती गाउँपालिकाको सहकार्य र नेफ्स्कूनको प्रविधिक सहयोगमा अधारशिला पहिलो चरणको कार्यक्रम अन्तर्गत सहकारी सचेतना अभिमुखीकरण चैत्र ८ गते सम्पन्न भएको हो ।

नेफ्स्कूनले स्थानीय तहको मातहतमा रहेका ग्रामीण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुको सञ्चालन, व्यवस्थापनमा ज्ञान सीप अभिवृद्धि गर्नका लागि जागरण, विकास, प्रवद्र्धन र सञ्जालिकरणका कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यसहित करिब ३५ भन्दा बढी स्थानीय निकायसँगको सहकार्यमा आधाशिला कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

नेफ्स्कून फिल्ड कार्यालय दाङका फिल्ड ब्यवस्थापन उप–समिति सदस्य शिवध्वज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गा.पा.का अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राप्ती गा.पा.का प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वली, राप्ती गा.पा. आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल  लगायत अन्य ७ वटा वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गाउँपालिका भित्र सञ्चालित विभिन्न प्रकृतिका सहकारीका ३१ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।    


 
कार्यक्रममा प्रमख अतिथि राप्ती गा.पा.का अध्यक्ष बिष्टले हाल वित्तीय क्षेत्रमा विभिन्न किसिमका समस्या आईरहेको अवस्थामा गा.पा. भित्रका सहकारीहरुलाई सुरक्षित, सुशासित वनाउनका निमित्त आधारशिला कार्यक्रममा जोडिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा सबै सहकारीहरुले आ–आफ्नो वित्तीय विवरण सत्यतथ्य उपलब्ध गराउनुहुन समेत अनुरोध गर्नुभयो ।
सहकारीहरुलाई सहकारी ऐन, नियमावलीमा भएको ब्यवस्था वमोजिम जिम्मेवार वनाउन यस कार्यक्रमले कार्यबिधि, सुशासन, रिपोर्ट निर्माण लगायतका कुरामा सहयोग गर्ने स्पष्ट पार्नुभयो । 

नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य शिवध्वज मल्लले आधारशिला कार्यक्रम जुनसुकै प्रकृतिका सहकारी भएता पनि गा.पा भित्र रहेका सहकारीहरुलाई विकास, प्रवद्र्धन तथा सुशासनमा ल्याउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो । विद्यमान अवस्थामा सहकारीको आवश्यकता अनुसारका बिभिन्न तालिमहरु पनि यो कार्यक्रम अन्तर्गत पर्ने भएको हँुदा गा.पा भित्रका सहकारीहरुको लागि खुसिको खवर भएको बताउनुभयो ।

अभिमुखीकरण सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यालय इन्चार्ज विष्णु जाशीले र व्यवस्थापन सहयोग सहायक कर्मचारी दिनेश महाराले गर्नुभएको थियो ।   

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र