बुधबार, वैशाख १२
०४:०६

भू.पू. सैनिक साकोस कर्ब्स कार्यक्रममा आबद्ध

बुधबार, चैत्र ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी । बर्दघाट-९, भुताहामा सञ्चालित भू.पू. सैनिक बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । कर्ब्स कार्यक्रमले साकोसका वित्तीय तथा अन्य सूचकहरुलाई स्वस्थ राखी गुणस्तरयुक्त र सुरक्षित साकोस निर्माणमा सघाउ पुर्याउँदछ ।  

साकोसको कार्यालयमा मंलगबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष पदम बहादुर खत्री र नेफ्स्कूनको तर्फबाट अनुगमन अधिकृत मनोज खड्काले  सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

कार्यक्रममा साकोसका सचिव कमल नारायण श्रेष्ठ, लेखा समिति सदस्य नर बहादुर खत्री, उपसमिति संयोजक ज्ञान बहादुर राना, व्यवस्थापक उमादेवी राना, सहव्यवस्थापक धनिमाया श्रेष्ठ, नेफ्स्कून भूमही सेवा केन्द्र प्रमुख नेत्र प्रसाद सापकोटा उपस्थित हुनुहुन्थ्यो । 

भू.पू. सैनिक साकोसमा ७ सय ५५ भन्दा बढी शेयर सदस्य छन् भने शेयर रकम रु. ६५ लाख ३१ हजार ६ सय, बचत रु. ३ करोड ९० लाख ५१ हजार, जगेडा कोषमा रु. १४ लाख २४ हजार र साकोसको कुल पुँजी रु. ५ करोड १५ लाख ३३ हजार रहेको साकोसले जनाएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र