शनिबार, चैत्र १८
०९:५३

फिल्म ‘छक्कापञ्जा ४’ को डायलग विरुद्ध महासंघद्वारा चलचित्र विकास बोर्डमा निवेदन

मंगलबार, फागुन ३०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौँ । फिल्म ‘छक्कापञ्जा ४’ मा रहेको सहकारीबारे विवादित डायलग हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र बिकास बोर्डमा निवेदन दर्ता गराएको छ । सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको हस्ताक्षर सहितको पत्रमा सो चलचित्रमा सहकारीसम्बन्धि लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ भने सो संवादको घोर भत्र्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन माग गरिएको छ ।

फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको सहकारी अभियन्ताहरुले बताएका छन् । उक्त संवादलाई लिएर सिंगो सहकारी अभियान र सहकारीका कार्यक्रमहरुमा समेत आपत्ती जनाइएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा फागुन २४ र २५ गते आयोजित साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका सहभागी बक्ताहरुले पनि फिल्मको सो अभिव्यक्ति सहकारी प्रति गम्भीर प्रहार भएको भन्दै आपत्ति जनाएका थिए । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र