काठमाडौं । ६६औं राष्ट्रिय सहकारी दिवसको नारा तय भएको छ । राष्ट्रिय सहकारी महासंघको सञ्चालक समितिको बैठकले यस वर्षको सहकारी नारा ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’ तय गरेको हो । ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थियो । प्रत्येक बर्ष राष्ट्रिय सहकारी दिवसको नारा तय गर्दै आएको महासंघले यस बर्षको नारा आज सार्वजनिक गरेको हो । चैत्र २० गते ६६औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । महासंघले सूचना जारी गर्दै थिम प्रस्तावको आव्हान गरेको थियो ।