सुर्खेत । सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न छाता संगठनका प्रतिनिधि, उपसमितिहरुलाई लक्षित गरी सदस्य सक्षमता विकास तालिम सुर्खेतको भेरीगंगा ११, रामघाटमा सञ्चालन भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) को प्राविधिक सहयोग र शिखर साकोसको आयोजनामा सञ्चालित दुई दिने तालिमको उद्घाटन संस्थाको सञ्चालक समितिका उपाध्यक्ष झुमा खड्का र नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका प्रमुख चन्द्र देव जोशीले गर्नुभएको थियो ।
तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै संस्थाका उपाध्यक्ष खड्काले नवनिर्वाचित सञ्चालक समिति लगायत, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न छाता संगठनका प्रतिनिधि र विभिन्न छाता संगठनका प्रतिनिधिहरुको लागि आवश्यक तालिमको आयोजना गरी क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा नेफ्स्कूनलाई धन्यवाद दिनुभयो । सहकारी आफ्ना मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन हुनुपर्ने बताउँदै समुदायको हकहितको लागि सहकारी निरनतर लाग्नुपर्नेमा उहाँको जोड थियो ।
तालिममा शिखर साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न छाता संगठनका प्रतिनिधि, उपसमितिका सदस्यहरु गरी २२ जनाको सहभागिता रहेको थियो । २०७९ फाल्गुन २६ र २७ गते सञ्चालन गरिएको तालिमको सहजिकरण नेफ्स्कून सुर्खेतका तालिम अधिकृत गणेश प्रसाद रेग्मीले गर्नुभएको थियो ।