चितवन । हिमाली ब्राह्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. चितवनले सदस्यहरुका लागि सहकारी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शनिवार सम्पन्न कार्यक्रममा महिला सशक्तिकरण समितिकी संयोजक सरस्वती ढकालको अध्यक्षता, नेफ्स्कूनकी सञ्चालक एवम् जिल्ला बचत संघ चितवनी अध्यक्ष विद्या कोइरालाको प्रमुख आतिथ्यता र भरतपुर महानगरपालिका सहकारी रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
सहकारी साक्षरता कक्षाको सहजीकरण सहकारी रोजगार प्रवर्धन शाखाका प्रमुख पौडेलले गर्नुभएको थियो । कार्यक्रममा साकोसकी अध्यक्ष भवानीदेवि अधिकारी, सल्लाहकार शशि श्रेष्ठ, चम्फा भट्टराई, बालकुमारी अर्याल लगायत १०० भन्दा बढी सदस्यहरुकोे सहभागिता रहेको थियो ।
प्रमुख अतिथि कोइरालाले सहकारीका समसामयिक समस्याबारे अवगत गराउँदै सहकारी सञ्चालनका क्रममा नीति विधि र सिद्धान्त परिपालनमा जोड दिनुपर्ने बताउनुभयो । सिद्धान्त अनुरुप सञ्चालित सहकारीहरुमा वित्तीय स्वस्थता कायम रहेको र जुनसुकै परिस्थितिमा पनि आत्तिनुपर्ने अवस्था नरहने अवगत गराउनुभयो । उहाँले हरेक सदस्यहरुले आफ्नो संस्थाको बारेमा जानकारी लिएर आफ्नो नियमित बचतलाई निरन्तर अगाडि बढाउन अनुरोध गर्नुभयो ।