शुक्रबार, चैत्र १६
०१:१२

नवलपरासी जिल्ला बचत संघद्वारा रक्तदान कार्यक्रम 

शुक्रबार, फागुन १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपरासी । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपरासी (ब.सु.पूर्व) ले आफ्नो २८औं बार्षिक स्थापनादिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बचत संघको आयोजना, अल लायन्स क्लब नवलपुरको सहयोग र नेपाल रेडक्रस सोसाईटी कावासोती उप शाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । 

रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुबाट ३५ पिन्ट रगत संकलन भएको बचत संघले जनाएको छ । 

बचत संघका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता र जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम उद्घाटन सत्रमा स्थानीय सहकारीकर्मी साथै संघका सदस्य संस्थाका प्रतिनिधिहरु सहित १ सय २५ जनाको उपस्थिति रहेको थियो । 

उद्घाटन कार्यक्रम सञ्चालन बचत संघका सचिव देवराज पौडेलले र स्वागत मन्तव्य संघका कोषाध्यक्ष रामप्रसाद काफ्लेले गर्नुभएको थियो । 

 


 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण