शुक्रबार, वैशाख १४
०१:११

सुर्खेतमा सहकारी प्रतिनिधिहरुका लागि सक्षमता विकास तालिम सञ्चालन

मंगलबार, माघ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेत । ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि. र भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. को सयुंक्त आयोजनामा सुर्खेतमा सदस्य सक्षमता विकास तालिम सञ्चालन भएको छ । माघ ८ र ९ गते सञ्चालित तालिमको प्राविधिक सहजीकरण नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतले गरेको थियो । 

ग्रामिण जागरण साकोसका अध्यक्ष गोपीकृष्ण ढकाल र भेरी कर्णाली साकोसका अध्यक्ष मोती प्रसाद चपाईले सयुक्त रुपमा तालिमको उद्घाटन गर्नुभएको थियो । तालिममा आयोजक दुवै साकोसका पदाधिकारी, सञ्चालक समिति, उपसमिति र सदस्यहरु गरी ३९ जनाको सहभागिता रहेको थियो । 

अध्यक्ष गोपीकृष्ण ढकालले नेफ्स्कूनको प्राविधिक सहयोग रहेको सदस्य सक्षमता तालिम सहकारी विकासका लागि अति उपयोगी रहने स्पष्ट पार्नुभयो । 

तालिममा उपस्थित सहभागीहरुलाई स्वागत गर्दै भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष मोती प्रसाद चपाईले सहकारी सदस्यहरुमा सहकारी सम्बन्धी के कस्तो ज्ञान, सीप र क्षमता आवश्यक हुन्छ भन्ने विषय तालिमबाट प्राप्त हुने र सो कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । 

तालिमको सहजीकरण सहजकर्ता गोपाल बहादुर थापाले गर्नुभएको थियो ।  उहाँले तालिममा सञ्चालक समिति तथा उप समितिको काम कर्तव्य अधिकार, सहकारीका सिद्धान्त, बैठक व्यवस्थापन, आन्तरिक लेखासुपरिवेक्षण समितिको काम कर्तव्य अधिकार, आन्तरिक नियन्त्रण प्रणाली, नेतृत्व हस्तान्तरण, नेतृत्वको सीप, लगायतका विभिन्न विषयहरुमा सहजीकरण गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन ग्रामीण जागरण बचत तथा ऋण सहकारी संस्था लि वीरेन्द्रनगर १२ चनौटे, सुर्खेतका व्यवस्थापक लोक प्रसाद रेग्मीले गर्नु भएको थियो भने कार्यक्रम व्यवस्थापन भेरी कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर ०७ ईत्रामका व्यवस्थापक तिर्थ बहादुर थापाले गर्नु भएको थियो । 

तालिम समापन समारोहमा कर्णाली प्रदेश रजिष्ट्रार कार्यालय वीरेन्द्रनगर, सुर्खेतका रजिष्ट्रार खुम प्रसाद सुवेदीले प्रारम्भिक सहकारी संस्थाले पालना गर्नुपर्ने सहकारी नीति, नियमावली तथा निर्देशन लगायत अन्य विषयहरुमा मन्तव्य राख्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र