शुक्रबार, चैत्र १६
०७:०६

शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यको खातामा प्रविष्टि 

सोमबार, माघ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदस्य संघ संस्थाहरुका लागि आ.व. २०७८/०७९ को शेयर लाभांश कोष र संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गरेको छ । 

संघको पौष ८ गते सम्पन्न ३१औं वार्षिक साधारणसभाले गरेको निर्णय बमोजिम आ.व.२०७८/०७९ मा शेयर लाभांश कोषमा बिनियोजित रकमबाट शेयर सदस्यहरुलाई १० दशमलब ६ प्रतिशतका दरले शेयर लाभांश वितरण गरिएको आज एक सूचना प्रकाशन गरी सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको छ ।

संघले माघ ७ गते ४ हजार ४ सय ६४ आबद्ध सदस्य संघ संस्थाहरुको शेयर लाभांश र संरक्षित पूँजी फिर्ता वापतको रकम सदस्यको खातामा  प्रविष्टि गराएको हो । 

साधारणसभाको निर्णय बमोजिम संरक्षित पूँजी फिर्ता कोषबाट बचतको व्याज खर्चको आधारमा २ दशमलव ८७ प्रतिशत र ऋणबाट प्राप्त व्याज आम्दानीको आधारमा ३ दशमलव १८ प्रतिशत रकम बिनियोजन गरिएको संघले जनाएको छ ।
 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

सोमबार, साउन ५

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

सोमबार, साउन ५

नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

saccosaawaj media

सहकारिताः के ? किन ? र कसलाई ?

सोमबार, साउन २६

सहकारिताः के ? किन ? र कसलाई ?