शुक्रबार, वैशाख ७
०६:०५

जय मनकामना साकोसको रणनितिक ब्यवसायिक योजना निर्माण सम्पन्न

सोमबार, माघ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लि.,पोखरा–१९ लामाचौरले आफ्नो आगामी ४ वर्षका लागि रणनितिक ब्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरेको छ । 

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ कास्कीमा २०७९ माघ ६, ७ र ८ गते सम्म सञ्चालन भएको सो कार्यशालामा जय मनकामना साकोसका सञ्चालक, पुर्वअध्यक्ष, सल्लाहकार, उपसमिति र कर्मचारी सहित ४५ जनाको सहभागिता रहेको थियो । 

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग रहेको उक्त कार्यशालाले साकोसको आगामी ४ वर्षका लागि लक्ष्य सहिको कार्ययोजना तथा कार्यक्रम तय गरेको हो ।

साकोसका अध्यक्ष नवीन भण्डारीको अध्यक्षता तथा शिक्षा उपसमितिका संयोजक पुर्णबहादुर बानियाँले कार्यशालामा संयोजनकारी भुमिका निर्वाह गर्नुभएको थियो । 

योजना निर्माण कार्यको सहजीकरण नफ्स्कूनका तालिम अधिकृत उमेश कोईराला र सुर्य प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । सस्थाका ब्यवस्थापक टंक प्रसाद अधिकारीले सहकारीको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यशाला समापन समारोहलाई सम्बोधन गर्ने क्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारी सदस्यको क्षमता वृद्धि तथा आत्मनिर्भरता तर्फ लक्षित हुनु पर्ने, सहकारी नीति, विधि र प्रविधि अनुरुप चल्नुपर्ने र त्यस्ता सहकारीका हरेक समस्यामा नेफ्स्कूनको साथ सहयोग रहने  स्पष्ट पार्नुभयो । 

नेफ्स्कूनका कानुनी सल्लाहकार अधिवक्ता शिव कुमार अधिकारीले सहकारी ब्यवहारिकता भन्दा पद्धति र नियमको पालना गर्दै सुशासन कायम गर्नु पर्ने बताउनु भयो ।

साकोसका पुर्व अध्यक्ष सुरेन्द्रमान सिह भण्डारीले सहकारी भावना अनुरुप सञ्चालन गर्न रणनितिक ब्यवसायिक योजना निर्माण कार्यशाला अति आवश्यक रहेको मनन गर्दै ३ दिनमा सिकेको विषय बस्तुलाई ब्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनु भयो ।  

२०५७ सालदेखि सञ्चालित यस साकोषको गत आ.व.  २०७८/०७९ सम्म ९४ करोड ८२ लाख ४ हजार १०० को कारोबार रहेको छ । सस्थाले महिला लघुबित्त कार्यक्रम सहित पोखरा ४ गैह्रापाटनमा सेवा केन्द्र समेत सञ्चालन गरेको छ ।
 

saccosaawaj media

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

सोमबार, साउन ५

नेफ्स्कून र सहकारी बैंक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

saccosaawaj media

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण

सोमबार, साउन ५

बागमती प्रदेशमा सहकारी एकीकरण अभियान, ४६ सहकारीबीच एकीकरण