शुक्रबार, वैशाख १४
०३:१७

अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार !

बिहीबार, असोज २२
एजेन्सी
saccosaawaj

अमेरिका । कोरोना महामारी र यसले समग्र आर्थिक क्षेत्रमा ल्याएको असहजताका बीच अमेरिकाको बचत तथा ऋण सहकारी संस्थाहरुमा पछिल्लो समय भाखा नाघेको ऋणमा सुधार आएको छ । सन् २०२० को दोस्रो चौमासाको नतिजाले अमेरिकी क्रेडिट युनियनहरुमा भाखा नाघेको ऋणमा सुधार देखिएको हो ।

दोस्रो चौमासामा भाखा नाघेको ऋण ०. ५८ प्रतिशत रहेको छ जुन एक वर्षअघिको सोही अवधिको तुलनामा १ प्रतिशत र पहिलो चौमासाको तुलनामा ७ प्रतिशतले कम हो ।  यद्यपि, आगामी महिनाहरुमा स्थिति सहज नहुने अनुमान त्यहाँको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेशनले गरेको छ । भाखा नाघेको ऋणको प्रतिशत घट्नुमा विभिन्न सरकारी सुविधा, क्रेडिट युनियनहरुले प्रदान गरेको छुट तथा कर फिर्ता आदि भएपनि अबका दिनमा संघ संस्थाहरु चनाखो हुनुपर्ने जनाएको छ ।

केही विश्लेषकहरुले यसलाई कृत्रिम व्यवस्थापनको संज्ञा समेत दिएका छन् । सरकारले बेरोजार भत्तामा गरेको बढोत्तरी, आर्थिक पुनर्उत्थानका प्याकेजहरुको घोषणाका कारण सदस्यहरुले समयमै ऋणको किस्ता बुझाएको तथा किस्ताको समयावधि थप गरेका कारण पनि पनि भाखा नाघेको ऋणमा सुधार देखिएको बताइएको छ । यद्यपि, सहकारी संस्थाहरुको यथार्थ तस्बिर भने आर्थिक वर्षको अन्त्यमा थाहा हुने जनाइएको छ जुन समय संस्थाहरुले उपलब्ध गराएको छुट सुविधाहरु सकिनेछन् । अमेरिकामा अक्टोबर १ देखि सेप्टेम्बर ३० लाई एक आर्थिक बर्ष मानिन्छ ।  
 

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।