बिहीबार, वैशाख १३
१२:०१

विश्व क्रेडिट युनियनमा गत वर्षमात्रै थपिए १ करोड ७० लाख सदस्य 

बिहीबार, असोज २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

म्याडिसन, अमेरिका । अन्तर्राष्ट्रिय क्रेडिट युनियन अभियानमा गत वर्ष (सन् २०१९ मा) मात्र १ करोड ७० लाख सदस्य थपिएका छन् । यो सँगै अभियान आबद्धहरुको संख्या २९ करोड १० लाख पुगेको छ भने विश्वका १ सय १८ राष्ट्रमा सञ्जाल विस्तारित भएको छ । सन् २०१९ को तथ्याङ्क समावेश भएको विश्व ऋण परिषद् (ओकू) को प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ ।
क्रेडिट युनियन अभियानमा पछिल्लो दश वर्षमा १० करोड (५९ ५० सदस्य थपिएका छन् । खासगरी ल्याटिन अमेरिका, अफ्रिका र एशियामा सदस्यता वृद्धि उल्लेख्य रहेको ओकूको प्रतिवेदनको निष्कर्ष छ ।


सन् २०१०–२०१९ को बीचमा विश्वभर भएको सदस्यता वृद्धि निम्नानुसार रहेको छः
ल्याटिन अमेरिका      १५३ प्रतिशत
अफ्रिका                  १४३ प्रतिशत
एशिया                    ८१ प्रतिशत
ओसेनिया                ४८ प्रतिशत
उत्तर अमेरिका         ३० प्रतिशत
क्यारेबियन             १७ प्रतिशत
युरोप                     ८ प्रतिशत
अष्ट्रेलिया सँगै मध्य तथा दक्षिणी प्रशान्त महासागर क्षेत्रका १४ वटा मुलुकहरुलाई ओेसेनियाको रुपमा चित्रित गरिन्छ । यो क्षेत्रमा क्रेडिट युनियनमा जोडिएसँगै सदस्यहरुको प्रतिव्यक्ति आम्दानी अन्य महादेशभन्दा बढी वृद्धि भएको छ । ती क्षेत्रमा औसतमा सन् २०१८ भन्दा सन् २०१९ मा २४ प्रतिशतले प्रति सदस्य आम्दानी वृद्धि भएको उल्लेख छ । यसैगरी, विश्वभरको क्रेडिट युनियको कुल सम्पत्तिमा २६ प्रतिशत वृद्धि भएको छ भने बचत, जगेडा कोष र लगानीमा पनि वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।