बिहीबार, चैत्र १५
०५:०६

सिन्धुलीमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न

शुक्रबार, मंसीर २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । नेफ्स्कून सेवा केन्द्र सिन्धुलीको आयोजनामा १ दिवसिय सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन गोष्ठि सिन्धुलीमाढीमा मङसिर २२ गते सम्पन्न भएको छ । 

गोष्ठिमा राष्ट्रिय सहकारी महासंघका लेखा समीति सदस्य तथा सिन्धुली बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाल कुमारी श्रेष्ठको अध्यक्षता रहेको थियो । 

अध्यक्ष श्रेष्ठले तालिममा साकोसको वित्तीय परिचालनका लागि सदस्यको ऋण निवेदन परेपश्चात लगानीपूर्वको विश्लेषण, लगानीमा रहेको ऋणको अनुगमन र कारणबस भाखा नाघेको अवस्थामा भाखा नाघेको ऋणको व्यवस्थापन सम्मका प्रक्रिया पुरा गर्न साथै आगामी दिनमा गरीने ऋण लगानीको सुरक्षित परिचालनका निम्ति सहयोग पुग्ने बताउनु भयो । 

गोष्ठिमा सिन्धुली जिल्लामा सञ्चालित ३५ बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक सदस्य, व्यवस्थापक र कर्मचारी गरी ४० जनाको उपस्थित रहेको थियो  । गोष्ठिमा ऋण लगानीका प्रक्रिया, लगानीपश्चात आईपर्ने सम्भावित जोखिम र तिनको व्यवस्थापनको विषयमा छलफल भएको र सिकाई उपलव्धिमुलक भएको गोष्ठिका सहभागीहरुको भनाई थियो । 

उक्त गोष्ठिको सहजीकण नेफ्स्कूनका तालिम अधिकृत सुमन राज घिमिरेले गर्नुभएको थियो भने आवश्यक समन्वय  नेफ्स्कून सेवा केन्द्र सिन्धुलीका ईन्चार्ज श्याम बुढाथोकी र कर्मचारी अस्मिता दाहालले  गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र