बिहीबार, वैशाख १३
०८:५९

पश्चिम नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयुडिसीसी) तालिम सञ्चालन

शुक्रबार, मंसीर २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । म्याग्दी जिल्लामा मुख्य कार्यलय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सञ्चालन भएको छ ।  
तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीको प्रमुखत्वमा भएको थियो । 
 
तालिममा सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिवेक्षण समितिका संयोजक, सदस्य, विभिन्न उपसमितिका सदस्य र व्यवस्थापन समूहबाट गरी २७ जनाको सहभागिता रहेको छ ।


तालिम शुभारम्भका अवसरमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक समितिका सदस्य कमला गिरीले सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम साकोस अभियान सिकाइको लागि महत्वपूर्ण तालिम रहेको स्पष्ट पार्नुभयो । साकोस सञ्चालनको क्रममा नीति, विधि र प्रविधिबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो । साकोसले सदस्यहलाई सहकारी शिक्षा र उद्यमी बन्ने तर्फ उन्मुख हुनु पर्ने कुरामा समेत जोड दिनु भयो । 

अध्यक्ष भिम प्रसाद गौतमले सहकारी निरन्तरको सिकाई भएको र सिकेको ज्ञान सीप व्यवहारमा उतारेर अगाडि बढ्नसके साकोसको प्रभावकारी सञ्चालन सम्भव हुने बताउनुभयो ।
नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर २१ देखि २४ गतेसम्म सञ्चालन हुने तालिमको सहजीकरण नेफ्स्कूनका व्यवसाय विभागका प्रमुख दुर्गा प्रसाद ढकाल र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र