बिहीबार, वैशाख १३
०६:५७

विराटनगरको बिराटेश्वर साकोस कर्ब्स कार्यक्रममा आबद्ध

बुधबार, मंसीर २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–९ मा रहेको बिराटेश्वर बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत मंसिर २० गते  साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष केशव बहादुर कार्की, नेफ्स्कूनको तर्फबाट नेफ्स्कून विराटनगर सेवा केन्द्र प्रमुख विन्दा भट्टराई र जिल्ला बचत संघ मोरङको तर्फबाट कार्यक्रम अधिकृत रामकुमार दाहालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।  

साकोसका अध्यक्ष कार्कीले नेफ्स्कूनद्वारा सञ्चालन गरिएको गुणस्तर सुनिश्चितताको कार्यक्रममा सहभागी भई साकोसको वित्तीय स्वस्थता कायम गर्न तथा संस्थागत सुधारका लागि कार्यक्रमले मार्गदर्शन गरेका सम्पूर्ण विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

२०६५ साल जेष्ठ २८ गते स्थापना भएको बिराटेश्वर साकोसमा ८ सय २६ जना शेयर सदस्य सहित रु. ३ करोड ७२ लाख ७० हजार ७०० शेयर पुँजी, जगेडा कोषमा रु. १ करोड २४ लाख १५ हजार २४७, बचत रु. १४ करोड २० लाख ३६ हजार ३३६ रहेको छ भने साकोसको कुल वासलाता २० करोड ४२ लाख २६ हजार ४९० पुगेको छ ।   
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र