शनिबार, वैशाख ८
१०:४१

सिरहामा साकोस प्रतिनिधिहरुका लागि तरलता ब्यवस्थापन तालिम सञ्चालन

बुधबार, मंसीर २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सिरहाको लाहानमा साकोसका पदाधिकारी, सञ्चालक एवम् कर्मचारीहरुका लागि एक दिवसीय तरलता व्यवस्थापन तालिम प्रदान गरिएको छ । 

नेफ्स्कून सेवा केन्द्र लाहानको आयोजनामा मंसिर २० गते सञ्चालित तालिममा सिरहा र सप्तरी जिल्लामा सञ्चालित २१ वटा बचत तथा ऋण सहकारी संस्थाबाट पदाधिकारी, सञ्चालक सदस्य, ब्यवस्थापक, कर्मचारी गरी २२ जना र  सप्तरी र सिरहा जिल्ला बचत संघबाट एक एक जना कर्मचारी गरी २४ जनाको सहभागिता रहेको थियो । 

जिल्ला बचत संघ सिरहाका अध्यक्ष संजय कुमार महतोको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो ।  जिल्ला बचत संघ सिरहाकी कोषाध्यक्ष देव कुमारी लामाले साकोसहरुमा तरलता व्यवस्थापन तालिम अत्यन्त महत्वपूर्ण र समयसान्दर्भिक रहेकोले तालिमबाट सिकेका कुराहरु संस्थामा लागु गर्न प्रतिबद्ध रहनुपर्ने साथै तालिमले साकोसमा तरलता व्यवस्थापनमा सहजता ल्याउने बताउनुभयो ।  

जिल्ला सहकारी संघका अध्यक्ष एवम् सभाध्यक्ष संजय कुमार महतोले नेफ्स्कूनले समय समयमा निशुल्क अर्थात न्यूनतम शुल्कमा तरलता व्यवस्थापन तालिम सञ्चालन गर्न सके साकोस सञ्चालनमा सहजता आउने बताउनुभयो । उहाँले नेफ्स्कूनद्वारा सञ्चालित तालिमहरु अत्यन्त प्रभावकारी रहने बताउँदै तालिमबाट संस्था सञ्चालनमा प्रभावकारिता, मितव्ययिता, सुशासन र पारदर्शिता कायम गर्न सकिने स्पष्ट पार्नुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले गर्नुभएको थियो भने आवश्यक समन्वय नेफ्स्कून सेवा केन्द्र लाहानका इन्चार्ज संजय कुमार कर्ण र कर्मचारी गोविन्द प्रसाद प्रभाकरले गर्नु भएको थियो ।


      
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र