शुक्रबार, चैत्र १६
०६:४०

‘बचत ऋण सहकारी अभियानको अबको ध्यान डिजिटाइजेसन र सर्भिटाइजेशन’

आईतबार, असोज १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानको अबको ध्यान डिजिटाइजेसन र सर्भिटाइजेशन भएको बताउनुभएको छ । कोभिड–१९ ले समेत प्रविधिकरणको महत्वलाई प्रष्ट पारेको भन्दै उहाँले भोलीका दिनमा अन्य किसिमका विपत्तिहरुको अवस्थामा समेत सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गर्न प्रविधिमा आमुल फड्को मार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यसका लागि नवीन प्रविधिसँगै भएका प्रविधिहरुको स्तरोन्नतिमा जोड दिनुभयो । त्यसैगरी, अध्यक्ष पौडेलले उत्पादनमा सेवा भावको सम्मिश्रणनै सर्भिटाइजेशन भएको प्रस्ट पार्दै यसलाई सहकारीको अन्तर्निहित मुल्यसँग तुलना गर्नुभयो । उहाँले वित्तीय सहकारीले गर्ने  बचत तथा ऋणको प्रमुख कारोवारभित्र सेवा भावको घुलन सर्भिटाइजेशन भएको बताउँदै यसले प्रतिस्पर्धीभावलाई झल्काउने दाबी गर्नुभयो । सर्भिटाइजेशन भित्र वस्तु, सेवा, सहयोग, ज्ञान र आत्मसहयोग अन्तर्निहित हुने उहाँले उल्लेख गर्नुभयो ।

नेफ्स्कून गोंगबु र चाबहिल फिल्ड कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरुको १ दिने अभिमुखीकरण कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै अध्यक्ष पौडेलले उक्त धारणा राख्नुभएको हो । नेफ्स्कून केन्द्रिय कार्यालयमा अपरान्ह आयोजित कार्यक्रममा फिल्ड उपसमिति सदस्यहरुलाई बचत ऋण अभियानको विश्वव्यापी मूल्य, मान्यता, सिद्धान्त, सञ्चालन सिद्धान्तसँगै नेफ्स्कूनका गतिविधि र ४ वर्षे रणनीतिक योजनाका बारेमा उहाँले अवगत गराउनुभएको थियो । अध्यक्ष पौड्यालले उपसमिति सदस्यहरु समग्र अभियानकै नेतृत्व भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय नवीन अभ्यासहरुका बारेमा सघन अध्ययन गर्दै सदस्यहरुको सर्वोपरी हितमा अहोरात्र खटिनुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड महामारीको समयमा सहकारीहरुको भूमिका थप महत्वपूर्ण भएको भन्दै परिस्थिति अनुकूल सावधानी अपनाउँदै सदस्य सेवामा जुट्न आग्रह गर्नुभयो । नेफ्स्कूनले अहिले बटम अप अवधारणा अनुसार तल्लो तहमा अग्रभागमा रहेर सेवारत सदस्य संस्थाहरुको भावना प्रतिबिम्बित हुनेगरी रणनीतिक मार्गचित्र बनाएको दाबी उहाँले गर्नुभयो । अध्यक्ष पौड्यालले उक्त मार्गचित्रलाई अक्षरशः पालना गर्दै सफल बनाउने जिम्मेवारी फिल्ड उपसमितिहरुको भएको स्मरण गराउनुभयो । 

यसैगरी, नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले सहकारिताको मर्म अनुरुप संस्थागत तथा व्यक्तिगत सुशासन कायम गरी सदस्यहरुको विश्वास आर्जन गर्ने कार्यमा समर्पित हुन सबैलाई आग्रह गर्नुभयो । व्यावसायिकता र सेवा भावको सन्तुलनका साथ अघि बढ्नुपर्ने आवश्यकता कोषाध्यक्ष पनेरुले औंल्याउनुभयो । उहाँले फिल्ड उपसमितिका सदस्यहरुले परिस्थितिको विश्लेषण गर्दै थप सर्तकताका साथ साकोस अभियानको प्रभावकारीता बढाउने काममा सक्दो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

दुबै फिल्ड कार्यालयका संयोजक नेफ्स्कूनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ हुनुहुन्छ भने दुबै फिल्ड कार्यालय संयोजक सहित ७ सदस्यीय छ । आजको अभिमुखीकरण कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक रीना आचार्य संयोजक श्रेष्ठ सहित विनिता अधिकारी, राजेन्द्र भण्डारी, दामोदर पौड्याल, शेखर श्रेष्ठ, दिपक कार्की, मधुसुदन पाठक, सत्यनारायण डंगोल, ठाकूर प्रसाद बाँस्कोटाको सहभागिता थियो । कार्यक्रममा नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सिनाले पनि नेफ्स्कूनका कार्यक्रम, भावी रणनीति, सदस्य सेवाका विभिन्न आयामहरुका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेफस्कून चाबहिल फिल्ड कार्यालयका इन्चार्ज राजेश खड्का र गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारीको पनि उपस्थिति थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र