बिहीबार, चैत्र १५
०६:४१

मोरङका हरेक पालिकामा साकोस युनिट गठन

आईतबार, असोज १८
saccosaawaj

मोरङ । कोभिड १९ महामारीको सन्दर्भमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले साकोस गतिविधिलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित मोरङका हरेक पालिकामा साकोस युनिट गठन गरेको छ । सदस्य साकोस र जिल्लामा दर्ता भएका सहकारी संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै स्थानीय तहसँगको सहकार्यमा साकोसका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले संघका पदाधिकारी तथा सञ्चालकहरुको संयोजकत्वमा मोरङका १७ वटा पालिकामा १४ वटा साकोस युनिट गठन गरेको हो ।

संघले साकोस युनिट निर्देशिका २०७७ निर्माण गरी सो बमोजिम संयोजक मार्फत साकोस अभियानका गतिविधि सञ्चालन गर्ने नीति लिएको छ । १४ वटा साकोस युनिटमा स्थानीय तहमा सञ्चालित साकोसका सञ्चालक तथा व्यवस्थापकहरुलाई सदस्य रहने व्यवस्था गरिएको छ । प्रत्येक युनिटमा ५ देखि ७ सदस्यीय साकोस युनिट गठन गरिएको संघले जनाएको छ ।

कोभिड १९ महामारीका कारण साकोसमा पारेको प्रतिकूल असरलाई न्यूनिकरण गर्न, साकोसको अनुगमन तथा निरीक्षण कार्यलाई थप प्रभावकारी बनाउन, स्थानीय तहमा सञ्चालित साकोसका गतिविधि र कार्यक्रममा एकरुपता कायम गर्न छलफल अन्र्तक्रिया कार्यक्रम अगाडि बढाइएको संघका सचिव एकराज निरौलाले बताउनुभयो । साकोस युनिट मार्फत कार्य गर्दा सहज हुनुका साथै साकोसका सञ्चालक तथा कर्मचारीहरु समेत उत्साहित भएको निरौलाले बताउनु भयो ।

संघका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न, स्थानीय तहमा रहेका सदस्य संस्थाहरुसँग संघको पहुँच सहज पार्न, साकोस र स्थानीय तह बिच समन्वयकारी भूमिका निर्वाह गर्न र स्थानीय तहलाई सहकारी नीति नियमको कार्यान्वयनमा सहयोग गर्नका लागि साकोस युनिटको गठन गरिएको संघका अध्यक्ष सोमनाथ निरौलाले बताउनु भयो । 

साकोस युनिट मार्फत साकोसहरुको अभिलेख अद्यावधि गर्ने, साकोसका समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने, साकोस एकीकरणमा सहजीकरण गर्ने लगायतका कार्यहरु साकोस युनिट मार्फत गरिने भएकोले साकोस अभियानमा साकोस युनिटको भुमिका महत्वपूर्ण रहने अध्यक्ष निरौलाले जानकारी गराउनुभयो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र