शुक्रबार, चैत्र १६
०७:१८

नेफ्स्कूनको प्रदेशस्तरीय बिस्तारित मञ्च सञ्चालन, ३१औं बार्षिक साधारणसभा पौष ८ गते हुने

शुक्रबार, मंसीर १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको पौष ८ गते हुने आसन्न ३१औं बार्षिक साधारणसभाका अवसरमा आजबाट प्रदेशस्तरीय बिस्तारित मञ्च सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा, कर्णाली प्रदेशको सुर्खेतमा, प्रदेश नंं. १ अन्तर्गत मोरङ र गण्डकी प्रदेश अन्तर्गत कास्कीमा आज विस्तारित मञ्चका कार्यक्रम सम्पन्न भएका छन् । 

प्रभावकारी सञ्जाल र जिम्मेवार सदस्यका लागि आयोजना गरिएका विस्तारित मञ्चका कार्यक्रमले सदस्यहरुको सार्थक, विश्वसनीय, निर्णायक र सहभागितामूलक प्रतिनिधिहरु चयनको उद्देश्य राखेको संघले जनाएको छ । 

गण्डकी प्रदेश कास्कीमा आयोजित विस्तारित मञ्चको कार्यक्रम नेफ्स्कूनका सञ्चालक एवं पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चण्डीप्रसाद शर्मा पौड्यालको अध्यक्षता र नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको प्रमुखत्वमा उद्घाटन भएको थियो । स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले गर्नुभएको थियो ।  

कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सहकारीका समसामयिक विषयहरुमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सहकारी विभाग र अन्य स्थानीय निकायका नियमक निकायका प्रतिनिधिहरु, सरोकारवा व्यक्तिहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र आबद्ध संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले सहकारीको सिद्धान्त र धरातल फरक रहेको हुँदा सहकारीलाई व्यवहारिकतामा लैजान वृहत छलफल आवश्यक रहेकोमा जोड दिएका थिए । आर्थिक मन्दीको समयमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्राप्त सहकारी संस्थाहरु पनि समस्यामा देखिएको हुँदा सहकारीको सन्दर्भ व्याजदरको विषय मुख्य जिम्मेवार रहेको र यसको स्थायी समाधान खोजिनुपर्ने बताएका थिए ।

त्यसैगरी कार्यक्रमका स्थिरीकरण कोषको प्रभावकारीता, स्तरीकरण कार्यक्रम विस्तार, सञ्जाल व्यवस्थापन, प्रविधि विकास र कार्यान्वयन, साकोस एकरुपता प्रणाली विकास, सुदृढ र सुशासित साकोस निर्माणका लागि नियामक निकाय विभागसँगको सुदृढ समन्वय, सहकारी सहकारीबीच पारस्परिक सम्बन्ध विकास, सरल र पहँुचयोग्य तालिम सुविधा आवश्यकताका विषयमा सहभागीहरुले आ आफ्ना विचार तथा सुझावहरु प्रस्तुत गरेका थिए । 

सहकारी एकीकरणमा जोड दिन महानगरपालिकाले फोर्स मर्जरको अभियान सुरु गर्नुपर्ने सुझाव सहभागीहरुले राखेका थिए । 

सहभागीहरुको जिज्ञासा र सकारात्मक सुझावहरु ग्रहण गर्दै संघका कोषाध्यक्ष पनेरुले विस्तारित मञ्चबाट प्राप्त निचोड साधारणसभामा छलफलका लागि लगिने प्रमुख उद्देश्य कार्यक्रमको रहेको स्पष्ट पार्नुभएको थियो । 

उहाँले गण्डकी प्रदेश भित्र नेफ्स्कूनले प्रवाह गरिरहेकोे सेवा, कमी कमजोरी तथा सबल पक्षहरुमा सदस्यहरुले खुलेर छलफल गर्ने र आगामी दिनहरुमा आपसी सहकार्यको माध्यमबाट सबल र सुदृढ साकोस अभियान निर्माणमा योगदान गर्न अनुरोध गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र