शुक्रबार, चैत्र १६
०१:१२

नवलपुरमा सहकारीहरुका लागि ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्ककन तालिम सञ्चालन

शुक्रबार, मंसीर १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपुर । नेफ्स्कूनको आयोजनामा गैँडाकोटमा ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्ककन तालिम सम्पन्न भएको छ  । नेफ्स्कूनका सञ्चालक सदस्य एवं चितवन फिल्ड व्यवस्थापन उप–समिति सदस्य विद्या कोइरालाको अध्यक्षतामा आज आयोजित तालिममा २२ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २८ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सभाध्यक्ष कोइरालाले वर्तमान अवस्थामा सहकारी क्षेत्रले भोगिरहेको चुनौतिको बारेमा जानकारी गराउँदै त्यसबाट संस्थालाई जिवन्त राख्नको लागि सञ्चालक तथा व्यवस्थापन सजग रहि आवश्यक  निर्णयहरु नितिसंगत तरिकाले लिनुपर्नेमा जोड दिनुभएको थियो । विद्यमान बजारमा तरलता संकट को समस्या सिर्जना भईरहेकोले यस बाट संस्थालाई बचाई राख्न प्राथमिकताका आधारमा स सानो ऋण लगानीमात्र प्रवाह गर्न अनुरोध गर्नुभएको थियो । वित्तीय संस्थाको मेरुदण्ड भनेको ऋण लगानी हुनेहुँदा संस्थाले ऋण लगानी गर्दा आवश्यक प्रकृया पुर्याई संस्था पूर्ण रुपमा सुरक्षित रहने सुनिश्चित गर्नुपर्ने भनाई राख्नुभएको थियो । 

तालिमको सहजिकरण तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून चितवन फिल्ड कार्यालयका ईन्चार्ज रिसभ राज रेग्मीले गर्नुभएको थियो ।

सहजकर्ता रविन्द्र श्रेष्ठले ऋणसँग सम्बन्धित विभिन्न शब्दावलीहरुकोे छोटो जानकारी गराउँदै ऋण लगानी गर्दा कर्मचारीले विविध पक्षहरुलाई सुस्म रुपमा अध्ययन गरी संस्था सुरक्षित रहने वातावरण सिर्जना गर्नुपर्नेमा स्पष्ट पार्नुभयो । ऋण लगानी, भाखा नाघ्नुका कारण तथा ऋण उप–समिति तथा ऋण अधिकृतको काम कर्तव्य र अधिकार, ऋण सदुपयोगिता अनुगमन तथा मुल्याङ्कनको प्रतिवेदन तयारी  बारेमा समुहगत रुपमा प्रस्तुत गरिएको थियो ।

त्यसैगरी ऋणका आधारभूत सिद्धान्तहरु, ऋणको बर्गीकरण, ऋण परामर्श चक्र, ऋण लगानी प्रकृया आदिको बारेमा विस्तृत प्रस्तुतिकरण गरिएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र